काठमाडौँ । गृहमन्त्री विष्णुप्रसाद पौडेलले दबाब र प्रभावबिना काम गर्न गृह मन्त्रालय मातहतका कर्मचारी र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्रीको रूपमा आज पदभारग्रहणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले प्रहरी र गृह प्रशासनमा आफूबाट कुनै हस्तक्षेप नहुने स्पष्ट पार्दै जिम्मेवारी कर्तव्यनिष्ठ भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
आफू फरक खालको व्यक्ति भएको जानकारी गराउँदै उनले हरेक व्यक्ति आआफ्नो जिम्मेवारी सम्पादन गर्न सबै स्वतन्त्र हुने बताउनुभयो । उहाँले जिम्मेवारी अनुसार आफूलाई नतिजा भने चाहिनेसमेत उल्लेख गरे । गृहमन्त्री पौडेलले भने, “नतीजाप्रति जिम्मेवार भएर यहाँहरूले काम गर्नुपर्छ भन्ने मान्यता म राख्छु”, गृहमन्त्रीले भने । उनले बढुवा, सरुवा, थमौती र स्वदेश, विदेश पठाउनका निम्ति मातहतका आफूकहाँ नआउन मातहतका कर्मचारीलाई भने । उनले सरकारबाट गर्नुपर्ने काममा कुनै कमि नहुने र मन्त्रीका हैसियतमा गर्ने निर्णयमा आफू जिम्मेवार रहेको पनि बताए ।
गृहमन्त्री पौडेलले राजनीतिक परिस्थितिको प्रभाव सुरक्षा निकायमा र गृह प्रशासनमा पर्न नहुनेमा जोड दिए । उनले शान्ति सुरक्षा, मानिसको जीउधनको रक्षा गर्ने सवालमा जिम्मेवारीपूर्वक काम गर्न पनि निर्देशन दिए । उनले राजनीतिक परिस्थितिबाट गृह प्रशासन अलग हुनुपर्नेमा जोड दिए । गृह प्रवक्ता जनकराज दाहालका अनुसार गृहमन्त्री पौडेलले काम छिटो, छरितो र इमान्दारपूर्वक गर्न र सरकारको नीति, योजना व्यवहारमा कार्यान्वयन हुने गरी काम गर्न मातहतका निकायलाई निर्देश गरेका छन् ।
निर्देशनका क्रममा गृहमन्त्री पौडेलले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुने गरी जिम्मेवारी पूरा गर्न तथा परेका समस्याबारे खुलस्त राख्नसमेत आग्रह गर्नुभएको प्रवक्ता दाहालले राससलाई जानकारी दिए । 'समग्रमा मन्त्रीज्यूको हौसला र उत्प्रेरणा दिने खालको निर्देशन थियो, पदीय जिम्मेवारी आआफ्नो हुन्छ तर जिम्मेवारी इमान्दारपूर्वक गर्न भन्नु भएको छ”, उनले थपे ।
मन्त्री पौडेलले गृह मन्त्रालयसहित अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलश्रोत तथा सिचाइ मन्त्रालयको समेत कार्यभार सम्हालेका छन् । सर्वोच्च अदालतको आदेशपछि गत वैशाख ३१ मा गठित मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीको यही असार १० को सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री पौडेललाई ती मन्त्रालयको समेत कार्यभार सम्हाल्ने गरी तोकेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - २२:१६
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...
बैशाख १५ गते, २०८३ - २२:१०
काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...
बैशाख १५ गते, २०८३ - २२:०७
काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...
बैशाख १५ गते, २०८३ - २२:००
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...
बैशाख १५ गते, २०८३ - २१:५५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...
बैशाख १५ गते, २०८३ - २१:४६
झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...
बैशाख १५ गते, २०८३ - २१:०६
काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...
बैशाख १५ गते, २०८३ - २१:०१
काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...
बैशाख १५ गते, २०८३ - २०:५३
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...
बैशाख १५ गते, २०८३ - २०:४६
काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...


प्रतिकृया लेख्नुहोस्: