भोजपुर । अमेरिकन फौजी किराले मकैबाली नष्ट गरेपछि भोजपुरको पौवादुङ्मा गाउँपालिकाले निःशुल्क विषादी वितरण अभियान थालेको छ । फौजी किराका कारण समस्या परेका कृषकलाई लक्षित गाउँपालिकाले कृषकलाई निःशुल्क विषादी वितरण गरेको हो ।
गाउँपालिकाको तल्लो भेगका अधिकांश किसानको मकैबाली किराले नष्ट पार्न थालेपछि विषादी वितरण अभियान थालेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । उनले भने, ‘फौजी किराका कारण किसानका मकैबाली नष्ट भएको जानकारी आएपछि हामीले प्राविधिक पठाएर उनीहरुको समस्या समाधान गरिरहेका छौँ । अहिले गाउँपालिकाले किरा मार्नका लागि निःशुल्क विषादी विरतण गरिरहेको छ । विषादी वितरण गरेसँगै किरा नियन्त्रणमा आएको छ ।’
गाउँपालिकाको सानोदुम्मा, ठुलोदुम्मा, बास्तीम, च्याङ्ग्रेलगायत ठाउँमा फौजी किराको प्रकोप रहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । किसानको समस्या समाधानका लागि आवश्यक सहयोग गरिरहेको शाखाको भनाइ छ । गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले भने, ‘सयौँ रोपनी क्षेत्रफलमा किराको प्रकोप देखिएको छ, नियन्त्रणका लागि हामीले आवश्यक पहल थालेका छौँ । पछिल्लो समयमा धेरै हदसम्मका किरा नियन्त्रणमा आएको छ ।’
गाउँपालिकाले वडास्तरबाट कृषकलाई आवश्यक विषादी दिने व्यवस्था मिलाएको छ भने गाउँपालिका केन्द्रबाट पनि विषादी वितरण हुँदै आएको छ । गाउँपालिकाले प्रकोपको बेलामा निःशुल्क विषादी दिएपछि स्थानीय कृषक खुशी भएका छन् । स्थानीय कृषक बलबहादुर तामाङले भने, ‘गाउँभरि नै किराको प्रकोप छ । चार सयभन्दा बढी कृषकको मुख्यबाली मकैमा किराले क्षति पु¥याएको छ । मकैको गुबो सबै सखाप बनाएको छ । हाम्रो पीडालाई ध्यानमा राख्दै गाउँपालिकाले विषादी दिएकोप्रति हामी खुशी छौँ ।’
किसानका लागि आवश्यक पर्ने मलसमेत यस वर्ष समयमा नै वितरण भएको गाउँपालिकाको भनाइ छ । जिल्लाको बेँसी क्षेत्रका अधिकांश भागमा यस वर्ष पनि फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र भोजपुुरले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - ०९:०४
सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...
माघ १९ गते, २०८२ - ०८:३०
काठमाडौँ । चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्...
माघ १९ गते, २०८२ - ०८:०९
भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच...
माघ १९ गते, २०८२ - ०८:०४
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, ...
माघ १९ गते, २०८२ - ०७:५८
सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँला...
माघ १९ गते, २०८२ - ०७:५३
बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोप...
माघ १९ गते, २०८२ - ०७:३५
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी च...
माघ १९ गते, २०८२ - ०७:३१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अन...
माघ १९ गते, २०८२ - ०७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध...
माघ १९ गते, २०८२ - ०७:२४
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरम...



प्रतिकृया लेख्नुहोस्: