Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

नेप्से उच्च अङ्कले घटदा लगानीकर्ताले ९८ अर्ब गुमाए

खबरडबली संवाददाता

काठमाडौँ । नेप्सेमा उच्च अङ्कको गिरावट आउँदा शेयर बजारका लगानीकर्ताले आज मात्रै झण्डै रु एक खर्ब बराबरको सम्पत्ति गुमाएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार  कारोवार मापक नेप्से परिसूचक ७१.०६ बिन्दुले घटेर दुई हजार ८३४.४० मा झरेको छ ।

आइतबार रु ४० खर्ब ३६ अर्ब ३९ करोड बराबर रहेको कूल बजार पूँजीकरण आजको कारोवारपछि घटेर रु ३९ खर्ब ३७ अर्ब ६७ करोड ८१ लाखमा सीमित भएको छ । यस आधारमा आइतबारको तुलनामा आज मात्रै बजार पूँजीकरण रु ९८ अर्बले घटेको देखिन्छ ।

नेप्सेको विवरण अनुसार गत जेठ ३१ गते नेप्से परिसूचक तीन हजार बिन्दु माथि पुग्दा बजार पूँजीकरण हालसम्मकै सर्वाधिक रु ४२ खर्ब १६ अर्ब बराबर पुगेको थियो ।

सोमबार ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ८.३७ बिन्दुले घटेर ५२०.१८ मा ओर्लेको छ । कूल २२७ कम्पनीको दुई करोड २५ लाख २२ हजार ४९१ कित्ता शेयर रु ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६७४ मा खरिद बिक्री भए ।

कारोवार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३४.२२, व्यापार २९.६३, होटल तथा पर्यटन १६५.८३, विकास बैंक २१०.२१, जलविद्युत् १५०.२४, वित्त १२०.२२, निर्जीवन बीमा ४२९.६३, उत्पादन १७१.१९, अन्य ५४.६४, लघुवित्त १०५, जीवन बीमा ४५१.११, सामूहिक लगानी कोष ०.२१ र लगानी ०.५२ अङ्कले घटेको छ ।

कारोवारका आधारमा आज नेपाल पुरनबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक अर्ब ३० करोड ६१ लाख १५ हजार ६१४ बराबरको कारोवार भएको छ ।

यस्तै, एचआइडिसिएल रु ३१ करोड सात लाख २३ हजार २२१, नागरिक लगानी कोष रु २९ करोड ६१ लाख ७९ हजार ९१३, नेशनल हाइड्रोपावर रु २८ करोड ४४ लाख ७३ हजार ७५० र हिमालयन डिस्टिलरी रु २४ करोड ८७ लाख ४६ हजार ९३० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

उच्च अङ्कले घटेको बजारमा नारायणी डेभलपमेन्ट बैंक ९.९७, एचआइडिसिएल ४.३३, एनबिबिएल डिवेञ्चर ३.६५, एसबिएल डिवेञ्चर दुई र नबिल बैंकको ऋणपत्र २०८२ का लगानीकर्ताले दुई प्रतिशतले कमाए । त्यस्तै, पोखरा फाइनान्स ९.२६, यूनिभर्सल पावर ९.१२, यूनियन हाइड्रोपावर ८.८१, हिमाल दोलखा हाइड्रोपावर ८.६२ र लिवर्टी इनर्जीका लगानीकर्ताले ८.५२ प्रतिशतले गुमाए । रासस 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

ग्यास छैन कि वितरण बिग्रियो ? बजारमा हाहाकारबीच निगमको यस्तो दाबी

काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending