काभ्रे । काभ्रेपलाञ्चोकमा आफ्नै श्रीमती र छोरालाई विषादी सेवन गराई हत्या गरेका आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ का ३३ वर्षीय माधव घिमिरे रहेको प्रहरीले जनाएको छ । बनेपा नपा–११ बानियाँटोलमा डेरागरी बस्दै आएका धिमिरेलाई प्रहरीले गएराति पक्राउ गरेको हो । उनी बनेपाकै तीनदोबाटोमा फेन्सी पसल व्यवसाय गर्दै आएका थिए ।
प्रहरीले उनका श्रीमती ३० वर्षीया मनिषा कार्की घिमिरे र छ वर्षीय छोरा युवानलाई गएराति १२ बजे उनी बस्ने डेरामा मृत अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले जानकारी दिए ।
उनका अनुसार बिहीबार बेलुका बनेपा नपा–८ करुणामार्गस्थित भित्री गल्लीबाटोमा भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । घिमिरेले श्रीमती र छोरालाई नाम नखुलेको विषादी सेवन गराएर डेरा गरी बस्ने कोठाको बाहिरबाट ताल्चा लगाएर हिडेको अवस्थामा स्थानीयवासीले सोधखोज गर्दा ‘हिजो हाम्रो झगडा परेको थियो, पसलतिरै होली’ भन्दै भागेकाले प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले खोजतलास गर्नेक्रममा धिमिरेलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । मृतकको कोठामा विभिन्न प्रकारको विषादी र औषधि फेलापरेको जनाएको छ ।
घिमिरेले आफूले पनि विभिन्न प्रकारका औषधि सेवन गरेको भनेपछि उपचारका लागि उनलाई प्रहरीले आफ्नै नियन्त्रणमा बनेपास्थित शिरमेमोरियल अस्पतालमा भर्ना गराएको छ । घिमिरेको स्वास्थ्य अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ ।
घिमिरेले श्रमती र छोरालाई विषादी सेवन गराएको र आफूले पनि सिटामोललगायत विभिन्न थरीका सयभन्दा बढी चक्की औषधि सेवन गरेको प्रहरी समक्ष बताएको छ । मृतक दुवैको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: