Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला गरिएको छ ।  नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले आज संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुला गरिएको जनाएको छ । नेपाली टोलीले हाल प्रयोग गर्दै आएको जर्सी परिवर्तनका लागि माग बढ्दै गएपछि क्यान र एमएसटीले जर्सीको डिजाइन प्रतिस्पर्धा खुला गर्ने निर्णय गरेका हुन् ।

जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झण्डामा प्रयोग हुने रातो र नीलो रङ ख्याल गर्न आग्रह गरिएको छ । राष्ट्रिय टोलीले पालना गर्नुपर्ने अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नियमानुसार नै जर्सी डिजाइन गर्न आग्रह गरिएको छ । 

क्यानले विज्ञापन एजेन्सी एडप्याडमार्फत माई सेकेण्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकका रुपमा पाएको छ । एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरीले जर्सीको उत्कृष्ट डिजाइन गर्नेलाई रु एक लाख पुरस्कार प्रदान गरिने विज्ञप्तिमार्फत जानकारी गराएका छन् । नेपालले आगामी जुलाईमा विश्वकप लिग २ अन्तर्गत स्पेनमा स्कटल्याण्ड र नामिबियासँग प्रतिस्पर्धा गर्ने छ ।

सोही प्रतियोगितालाई ध्यानमा राखी नयाँ जर्सीको डिजाइन गर्न प्रतिस्पर्धा खुला गरिएको हो । तीन सदस्यीय छनोट समितिले प्राप्त डिजाइनबाट उत्कृष्टलाई छनोट गर्ने छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल बाहिर पनि नेपालकै अनुभूति” — कर्कमा नयाँ वर्ष २०८३ कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न

आयरल्यान्ड । गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आयोजनामा तथा कर्क नेपाली समाजको सहयोगमा नयाँ वर्ष २०८३ को अवसरमा कर्क सिटीमा भव्य सांस्कृतिक कार...

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

काठमाडौं । सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । प्रादेश...

ककाकिकी फिल्मको रिलिज मिती घोषणा, भदौ १९ बाट रिलिज हुने

काठमाडौँ । चर्चित टेलिभिजन शो कमेडी दरबारको टिमले निर्माण गरेको नयाँ फिल्म 'ककाकिकी'को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले एक पोस्टर सार...

बागमती प्रदेशमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन, नौ महिनामा उठ्यो २७ अर्ब ९३ करोड

हेटाैंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को नौ महिनामा २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ। यो रकम वार्षिक ...

यस्तो छ आजका लागि कालिमाटी तरकारी बजारमा कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

३ जिल्लाको चेपाङ बस्ती गाभेर झोरालाङ गाउँपालिका बनाउन प्रस्ताव

काठमाडौँ । नेपाल चेपाङ संघका अध्यक्ष गोविन्द राम चेपाङले चेपाङ बसोबास भएको ३ जिल्लाको भूगोल गाभेर नयाँ गाउँपालिका बनाउन प्रस्ताव गरेका छन् । उनले च...

विराट गोल्डकप फाइनल: झापा उपाधि खोज्दै, सम्राट इतिहास रच्ने लक्ष्यमा

विराटनगर । विराटनगरमा जारी ३८औं संस्करणको नोबेल विराट गोल्डकपको उपाधिका लागि शनिबार पूर्व विजेता झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब भिड्दैछन् ...

आधा सिलिन्डर नीतिले उल्टो असर : गोदाम भरिए, बुलेट रोकिए

आधा सिलिन्डर नीति र बिजुलीमा बढ्दो निर्भरता बीच उद्योगीको चिन्ता

गोरखामा उद्योग दर्ताभन्दा खारेजी बढी

गाेरखा  । गोरखामा उद्योग तथा व्यापार दर्ताभन्दा खारेजीको संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढ्दै गएको छ। जिल्लामा नयाँ उद्योग तथा व्यापार दर्ता ...

आजदेखि ‘भेहिकल फ्रि असन’ : हरेक शनिबार सवारी प्रवेश निषेध

काठमाडौं । काठमाडाैं महानगरपालिकाले प्राचीन सहरी बस्ती Asan को मौलिकता जोगाउने उद्देश्यसहित आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ। अब हरेक श...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending