काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले आफ पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार उकालो लागेको नेप्सेले आज तीन हजार बिन्दुको यात्रा तय गरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ४२.७२ अङ्कले वृद्धि भई तीन हजार २५.८२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार माापन गर्ने सेन्सेटिभ परिसूचक १०.६० ले वृद्धि भई ५५०.०१ मा पुगेको छ ।
कूल २२१ कम्पनीको तीन करोड ५० लाख २७ हजार ३६३ कित्ता शेयर रु १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५१९ मा खरिद बिक्री भए ।
कारोवार भएका कूल १३ उपसमूह मध्ये आज छ उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार १४.३३, विकास बैंक ५६.४१, जलविद्युत् ५.६७, अन्य १२.३१, लघुवित्त २५.५६ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले घटेको छ ।
यस्तै, बैंकिङ ५२.८२, होटल तथा पर्यटन १५८.०१, वित्त २४.८१, निर्जीवन बीमा ३०७.६८, उत्पादन १४१.५१, जीवन बीमा ८१.२१ र लगानी ३.५९ बिन्दुले बढेको छ ।
सोमबारको कारोवारपछि बजार पूँजीकरण रु ४२ खर्ब १६ अर्ब १६ लाख १६ हजार १६ बराबर पुगेको छ । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६२ करोड ५९ लाख ९३ हजार ९१७ बराबरको कारोवार भयो । यस्तै, अपि पावर कम्पनी रु ५४ करोड ८६ लाख ९७ हजार ६५०, हिमालयन डिस्टिलरी रु ५० करोड २९ लाख ३१ हजार ८५०, नेपाल पुनरबीमा कम्पनी रु ४२ करोड ८५ लाख ९६ हजार ३४४ र लुम्बिनी विकास बैंक रु ४२ करोड ४४ लाख १४ हजार ३१४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर मूल्य १० प्रतिशत बढीले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । ती कम्पनीमा नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर,घलेम्दी हाइड्रोपावर रहेका छन् । यस्तै, ङादी हाइड्रोपावर ९.९८, ओरियण्टल होटल ९.९६, सिइडिसि हाइड्रोपावर ९.९६ र तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाए ।
त्यस्तै, माउण्टेन हाइड्रो नेपाल ५.०१, अरुण भ्याली हाइड्रोपावर ४.७०, युनाइटेड मोदी ४.४४, गुडबिल फाइनान्स ४.१८ र ग्रीनलाइफ हाइड्रोपावरका लगानीकर्ताले ३.८५ प्रतिशतले गुमाए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - २२:३०
रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...
श्रावण १४ गते, २०८३ - २१:०७
धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...
श्रावण १४ गते, २०८३ - २१:०२
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...
श्रावण १४ गते, २०८३ - २१:००
काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...



प्रतिकृया लेख्नुहोस्: