काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले आफ पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार उकालो लागेको नेप्सेले आज तीन हजार बिन्दुको यात्रा तय गरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ४२.७२ अङ्कले वृद्धि भई तीन हजार २५.८२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार माापन गर्ने सेन्सेटिभ परिसूचक १०.६० ले वृद्धि भई ५५०.०१ मा पुगेको छ ।
कूल २२१ कम्पनीको तीन करोड ५० लाख २७ हजार ३६३ कित्ता शेयर रु १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५१९ मा खरिद बिक्री भए ।
कारोवार भएका कूल १३ उपसमूह मध्ये आज छ उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार १४.३३, विकास बैंक ५६.४१, जलविद्युत् ५.६७, अन्य १२.३१, लघुवित्त २५.५६ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले घटेको छ ।
यस्तै, बैंकिङ ५२.८२, होटल तथा पर्यटन १५८.०१, वित्त २४.८१, निर्जीवन बीमा ३०७.६८, उत्पादन १४१.५१, जीवन बीमा ८१.२१ र लगानी ३.५९ बिन्दुले बढेको छ ।
सोमबारको कारोवारपछि बजार पूँजीकरण रु ४२ खर्ब १६ अर्ब १६ लाख १६ हजार १६ बराबर पुगेको छ । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६२ करोड ५९ लाख ९३ हजार ९१७ बराबरको कारोवार भयो । यस्तै, अपि पावर कम्पनी रु ५४ करोड ८६ लाख ९७ हजार ६५०, हिमालयन डिस्टिलरी रु ५० करोड २९ लाख ३१ हजार ८५०, नेपाल पुनरबीमा कम्पनी रु ४२ करोड ८५ लाख ९६ हजार ३४४ र लुम्बिनी विकास बैंक रु ४२ करोड ४४ लाख १४ हजार ३१४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर मूल्य १० प्रतिशत बढीले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । ती कम्पनीमा नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर,घलेम्दी हाइड्रोपावर रहेका छन् । यस्तै, ङादी हाइड्रोपावर ९.९८, ओरियण्टल होटल ९.९६, सिइडिसि हाइड्रोपावर ९.९६ र तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाए ।
त्यस्तै, माउण्टेन हाइड्रो नेपाल ५.०१, अरुण भ्याली हाइड्रोपावर ४.७०, युनाइटेड मोदी ४.४४, गुडबिल फाइनान्स ४.१८ र ग्रीनलाइफ हाइड्रोपावरका लगानीकर्ताले ३.८५ प्रतिशतले गुमाए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: