तनहुँ । भानु नगरपालिका–११ रुपाकोटमा लक्षित समूहले कोभिड विरुद्धको खोप नपाएको गुनासो आएको छ । बैसठ्ठी देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई सञ्चालन गरिएको भेरोसेल खोप लक्षित समूहले नपाएको स्थानीयवासीले गुनासो गरेका हुन् ।
स्थानीयवासी रमेश अधिकारीले आफ्ना बाबुलाई खोप लगाउन जाँदा स्वास्थ्यकर्मीले खोप सकियो भनेर फिर्ता पठाएको बताए । 'बुबा ६४ वर्षको हुनुभयो, खोप लगाउन जाँदा त खोप छैन भनेर फिर्ता पठाए', उनले भने, 'लक्षित समूहकै नागरिकले खोप लगाउन नपाउने ?' उहाँले रुपाकोट स्वास्थ्यचौकी इन्चार्जले आफ्ना चिनेजानेका व्यक्तिलाई खोप लगाइदिएको आरोप लगाए ।
स्वास्थ्यचौकी इन्चार्ज शिवप्रसाद ढुङ्गानाले स्वास्थ्यचौकीबाट ६४ जनालाई खोप लगाइएको जानकारी दिए । खोप लगाउन १२ बजेसम्म कुर्दा कोही पनि नआएपछि खोप बिग्रन सक्ने भएकाले वडाध्यक्षलाई सम्पर्क गरेर वडाध्यक्षको निर्देशनबमोजिम ६० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई खोप लगाइएको उहाँले जानकारी दिए ।
'चौँसठ्ठी वर्षभन्दा कम उमेर समूहका नागरिकलाई अहिले लगाउन मिल्दैन भनेर फिर्ता पनि पठाएका हौँ, आएको भ्याक्सिन फिर्ता नगर्ने भनेर वडाध्यक्षले भन्नुभयो', उनले भने, 'स्थानीय सरकारका वडा प्रमुखले भनिसकेपछि खोप बिग्रन दिन मन लागेन ।'
उनका अनुसार १२ बजेपछि केही व्यक्ति आएर खोप लगाउनुपर्छ भन्दै दुव्र्यवहारसमेत भएको छ । 'ममाथि हातपात पनि भएको छ, झगडा गर्न आए', उनले भने, 'कोल्डचेन व्यवस्थान नहुँदा दिनभर राख्दा खोप बिग्रन सक्थ्यो, यदि त्यस्तो भएको भए फेरि मैमाथि गाल पथ्र्यो ।' वडाध्यक्षकै मौखिक निर्देशनमा लक्षित समूहबाहेक क्याम्पस प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यलाई भने खोप लगाएको उनले स्वीकार गरे । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: