Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

तत्काल खोप व्यवस्था गर्न माग

रासस

पोखरा । कास्कीका पाँच राजनीतिक दलले जनताका लागि खोप व्यवस्था गर्न माग गरेका छन् । पाँच राजनीतिक दलका तर्फबाट बिहीबार संयुक्त विज्ञप्ति जारी गरी कास्कीमा ल्याइएको खोप अत्यन्त कम हुँदा यहाँका जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने खोपको व्यवस्था गर्न माग गरेका हुन् ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, नेकपा (माओवादी केन्द्र) कास्कीका सचिव बखानसिंह गुरुङ, नेकपा (एमाले) कास्कीका अध्यक्ष धनराज आचार्य, जनता समाजवादी पार्टीका कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङ र राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकालद्वारा जारी विज्ञप्तिमा मुलुकमा कोरोना सङ्क्रमणको महामारी र यसले सबै गतिविधि ठप्प भएका कारण आमनागरिकका लागि कोभिडविरुद्वको खोप पहिलो आवश्यकता भएको भनिएको छ । 

विज्ञप्तिमा प्रदेश सरकार र स्थानीय सरकार नागरिकको अपेक्षाअनुसार खोप भित्र्याउन असफल भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । शिक्षकलगायत विभिन्न पेशा, व्यवसायमा आबद्व नागरिकलाई खोपको प्राथमिकता राख्न र दोस्रो मात्राको खोप लगाउन नपाएका नागरिकलाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ  । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद

दाङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड तुलसीपुरले यस वर्ष दाङको देउखुरी क्षेत्रका तीन पालिकाका २१२ जना किसानले उत्पादन गरेको पाँच हजार क्वि...

संसद्‌ ब्युँताउने रिट निवेदनमा देउवाको समर्थन छ ?

काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...

बयानमा नआउने ओलीको अडान, प्रहरी परिचालन गर्ने आयोगको तयारी

काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending