Life insurence
Khabar Dabali ९ असार २०७८ बुधबार | 23rd June, 2021 Wed
Himalayan Golden detail page

५ दिनको अवधिमा प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ

खबरडबली संवाददाता

कञ्चनपुर । जिल्लामा लागुऔषधका सेवनकर्ता र कारोवारीलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । पाँच दिनको अवधिमै प्रहरीले १२ जनालाई प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकांश १८ वर्षदेखि २७ वर्षसम्मका व्यक्ति छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार शनिबार दोधारा चाँदनी र पुर्नवास नगरपालिकाबाट गरी पाँच तथा आइतबार बेलडाँडी गाउँपालिका क्षेत्रबाट दुई जनालाई पक्राउ गरिएको छ । सोमबार शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रबाट प्रहरीले लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । 

बुधबार भीमदत्त नगरपालिका–४ सुन्दरटोलस्थित बाह्रसिङ्गा होटल एण्ड लजका सञ्चालक भुवन साहु र बेलडाँडी–९ रतनपुर खजुवाका १९ वर्षीय गोपाल ठगुन्नालाई खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ । दुवै जनाको साथबाट प्रहरीले १४ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरेको छ । गत वैशाखदेखि यही जेठ २६ गतेसम्म मात्रै प्रहरीले लागुऔषध सहित ४८ जनालाई पक्राउ गरेको छ । लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । वैशाखदेखि हालसम्म लागुऔषधका ३० मुद्दा दर्ता भएका छन् ।–रासस 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पूर्व महानिर्देशक शर्मासहित ३ जनाविरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचारको मुद्दा दायर (विज्ञप्ति सहित)

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित ३ जना विरुद्ध  कानून विपरीत बदनियतपूर्वक १...

चोरीको मोटरसाइकल तथा मोटरसाइकलका पार्टपूर्जा सहित ३ जना पक्राउ

पर्सा । वीरगंज महानगरपालिका–२० हरपतगञ्ज विवाहस्थलमा पार्किङ गरेको अवस्थामा चोरी भएको ना.६२ प ९७१७ नम्बरको मोटरसाइकल तथा कागजात नभएका र पार्टपूर्जा खोल...

भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या ५० हजारमा झर्यो, कुल सङ्क्रमित भने ३ करोडभन्दा बढी

नयाँ दिल्ली ।  भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएर अहिले ५० हजारमा झरेको छ ।   त्यसैगरी कुल सङ्क्रमितको सङ्ख्या भने तीन करोडभ...

चीनद्वारा चार कम्पनीलाई कोरोनाको खोप विदेशमा निर्यात गर्न अनुमति

बेइजिङ ।  चीनले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्ने चार वटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरिदिएको छ ।  यी खोपहरुलाई चीनभित्र शर्त सहि...

अशक्त र परित्यक्त बालबालिकाको हेरविचार सरकारले गर्नेछः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताएका छन् ।  नेपाल बाल संगठनको ...

जातीय विभेद अन्त्यका लागि छुवाछूतमुक्त अभियान शुरु

चितवन । भरतपुर महानगरपालिकाले जातीय विभेद अन्त्यका लागि छुवाछूत मुक्त अभियान शुरु गरेको छ । महानगरले नीतिगत कार्यक्रम नै बनाएर सामाजिक अन्तरघुलनका निम...

पहिराले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु, ३ जना घाइते

रोल्पा । अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका–९  लिउनमा तीनजनाको ज्यान  गएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरामा पुरिएर उनी...

किशोरीलाई बलात्कार गरेको आरोपमा ३६ वर्षीय पुरुष पक्राउ

दुल्लु । जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद...

मकवानपुरमा हालसम्म १२० जना कोरोना सङ्क्रमितको मृत्यु

वाग्मती । मकवानपुरमा हालसम्म १२० कोरोना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ  । हालसम्म परीक्षण गरिएकामध्ये १० हजार ५४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको...

धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि अझै २ महिना लाग्ने

वाग्लुङ । धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट थप गर्न कम्तीमा दुई महिना समय लाग्ने भएको छ । द्रुत गतिमा काम थालिएको भए पनि प्लान्ट निर्माणका लागि निर्म...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy