धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभा बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई सत्ता साझेदार दल नेकपा एमाले समर्थन जनाएको छ ।
मंगलबार विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै एमाले सचेतक दुर्गा कामीले विश्वासको मतसम्बन्धी प्रस्तावमाको पक्षमा मतदान गर्ने बताइन् ।
उनले कोरोना महामारी नियन्त्रण र बजेटतिर केन्द्रित हुनुपर्ने टड्कारो समय रहेको अवस्थामा सरकार परिवर्तनको खेलमा लाग्न नहुने बताइन् । आफुहरुको समर्थन राजनीतिक स्थिरता पक्षमा रहेको दावी गरिन् ।
यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेशसभामा धारणा राख्दै सांसद अक्कलबहादुर रावलले राष्ट्रिय राजनीतिमा देखिएको अस्थिरताको विपक्षमा सुदूरपश्चिम प्रदेशले स्पष्ट सन्देश दिन आवश्यक रहेको बताए । उनले राजनीतिक स्थिरताको पक्षमा सुदूरपश्चिमले सवक सिकाउने बताए ।
यसैगरी नेपाली कांग्रेसका सांसद गोविन्दराज बोहराले नेपाली कांग्रेसले इतिहासको विभिन्न कालखण्डमा सुझबुझपूर्ण निर्णय गर्दै आएको बताए ।
यद्यपि विश्वासको मतसम्बन्धी प्रस्तावकाबारे पक्ष वा विपक्षमा उभिने बारे केही पनि बतानन् । उनले सरकारको गुण र दोषको आधारका आफुहरुले समर्थन र विरोध जनाउने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: