Life insurence
Khabar Dabali ९ असार २०७८ बुधबार | 23rd June, 2021 Wed
Himalayan Golden detail page

सेवानिवृत कर्मचारीको पेन्सन अब बैंक खातामा

खबरडबली संवाददाता

काठमाडौँ । सेवानिवृत राष्ट्रसेवक कर्मचारीको मासिक निवृत्तभरण रकम सिधै सम्बन्धित व्यक्तिको बैंक खातामा आउने भएको छ । महालेखा नियन्त्रक कार्यालयले आइतबारदेखि विद्युतीय कोष हस्तान्तरणबाट  प्रणालीबाट यो कार्य शुरु गरेको हो । 

महालेखा नियन्त्रक मधुकुमार मरासिनीका अनुसार निजामती, प्रहरी, जंगी र शिक्षकतर्फ गरी दुई लाख ७६ हजार सेवानिवृत कर्मचारी प्रत्यक्ष लाभान्वित हुनेछन् । उक्त प्रणालीले नेपाल सरकारको विद्युतीय नेपाल अवधारणा लागु गर्न ठूलो सहयोग पुग्नेछ । 

उनका अनुसार निवृत्तभरण व्यवस्थानमा सरकारको ठूलो रकम खर्च हुने र सो रकम समयभित्रै सम्बन्धित वितृत्तभरण प्राप्त गर्ने व्यक्तिको खातामा नै सरकारी कोषबाट भुक्तानी हुने भएकाले सरकारको नगद प्रवाह व्यवस्थापनमा समेत प्रभावकारिता बढ्नेछ । निवृत्तभरण पाउने व्यक्तिले समेत अब छिटो, छरितो र प्रभावकारी सेवा प्राप्त गर्नेछन् । रासस

Khabardabali Desk–JK

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रिकेटको बन्द प्रशिक्षण शुरु

काठमाडौँ । नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सो प्रशिक्षण शुरु भएको हो । ...

पाँच राजनीतिक दलले संयुक्त निकालेको वक्तव्यमा के छ ?

काठमाडौँ । विपक्षी गठबन्धनका पाँच राजनीतिक दलले संयुक्त वक्तव्य निकालेका छन् । मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल...

कांग्रेस भक्तपुरबाट सिन्धुपाल्चोकका बाढीपीडितका लागि नगद र राहत सामग्री हस्तान्तरण

मध्यपुरथिमि । सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बुका बाढीपीडितलाई नेपाली कांग्रेस भक्तपुरले नगदसहित राहत सामग्री पठाएको छ । पार्टी कार्यालय भक्तपुरमा आज ...

मनाङको नाचैमा खाद्य सङ्कट

मनाङ । मनाङको नासो गाउँपालिका –२ नाचैमा खाद्य सङ्कट भएको छ । असार ४ गते परेको भीषण वर्षाका कारण सबै क्षेत्रबाट सम्वन्ध विच्छेद भएपछि नाचैमा खाद्य सङ्क...

पाकिस्तानमा आठ महिनायता सबैभन्दा कम संक्रमण

इस्लामाबाद । पाकिस्तानमा आठ महिना यताकै सबैभन्दा कम कोभिड–१९ को संक्रमण दर देखिएको छ । सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा देशभर कोभिड–१९ को संक्र...

आन्तरिक हवाइ उडान खुलाउने, १० स्थानमा अन्तर्राष्ट्रिय उडान पनि सञ्‍चालन (मन्त्रिपरिषद्को निर्णयसहित)

काठमाडौँ । सरकारले आन्तरिक हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको प्रस्त...

सभामुख सापकोटा र विपद् बिज्ञहरूबीच के-के भयो छलफल ?

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले यसबर्ष मनसुनको शुरुआतसंगै देशका विभिन्न जिल्लामा आएको प्राकृतिक विपदबाट भएको क्षति न्यूनीकरणका लागि सरोकार भएक...

नदीमा बगेर बालिका बेपत्ता

बैतडी । नुहाउने क्रममा नदीमा बगेर बैतडीमा एक बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको  पाटन नगरपालिका १ सकारकी ११ वर्षिया नीतु बिक रहेकी छन् ...

पाइपभित्र अड्किएर दुईको मृत्यु

दार्चुला । महाकाली नगरपालिका ४ बङ्गाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल ख...

जो मन्त्री भएर गए, पूर्वमन्त्री भएर फर्किए

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची असार १ गतेको बाढीले क्षति गरेपछि आज उपप्रधानमन्त्री तथा सहरी विकास राजेन्द्र महतो र स्वास्थ्य तथा जनसंख्य...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy