Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

पुरानो विधुतका पोल मर्मत नगरिएका कारण आगलागीको जोखिम बढ्दो

रासस

डोटी । पुरानो क्षेत्रीय सदरमुकामसमेत रहेको जिल्लाको सबैभन्दा पुरानो बजार पिपल्लामा विस्तार गरिएका विद्युत्का पोल मर्मत नगरिएका कारण आगलागीको जोखिममा बढेको छ । बजारमा विद्युत् विस्तारका लागि गाडिएका पोल पुराना भएका तथा मर्मत र व्यवस्थित नगरिएका कारण जोखिम बढेको हो । 

वर्षौंपहिले गाडिएका पोल खिया लागेर केही भाँचिएका छन् भने केही पोल ढल्ने अवस्थामा रहँदासमेत सम्बन्धित निकायले मर्मतसम्भारका लागि पहल नचालेका कारण आगलागीको जोखिम बढेको स्थानीयवासीको गुनासो छ । बजारवासीले पुराना तथा खिया लागेर ढल्ने अवस्थाका पोल मर्मतसम्भार गर्न तथा नयाँ पोल राख्न विद्युत् कार्यालयलाई आग्रह गर्दा पनि कुनै वास्ता नगरेको दिपायल पिपल्लाका बासिन्दा मोहनबहादुर पातलीले आरोप लगाए  ।

दैनिकको हावाहुरी र बर्सातका कारण बजारको चारैतिर विद्युत लाइन दिइएको पोल ढल्ने अवस्थामा पुगेका छन् । यहाँको दिपायल सिलगढी नगरपालिका–४ स्थित पिपल्ला बजारमा पोल गाडेको ठाउँबाट नाली बनाइएका कारण विद्युत् पोल ढल्ने अवस्थामा पुगेका छन् । बजारका व्यापारीले पटकपटक विद्युत् कार्यालयलाई जानकारी गराउँदा पनि पोल मर्मतका लागि कार्यालयले कुनै प्रक्रिया अगाडि नबढाएको व्यापारी दिव्यराज पाठकले बताए । 

विद्युत् कार्यालय र त्यहाँका कर्मचारीले पोल गाडीका ठाउँबाट नाली निर्माण गर्दा पोल ढल्ने खतरा बढेको जानकारी पाए पनि सार्नका लागि कुनै पहल नचालेका कारण आगलागी हुने खतरा बढेको हो । यहाँका बजारमा पोल ढलेको खण्डमा बजारमा तार खसेर पूरै आगलागी हुने सम्भावना रहेको अर्का स्थानीयवासी मानबहादुर धामीले बताए । 

विद्युत् कार्यालय दिपायल पिपल्ला केन्द्रका सहायक प्रमुख विश्वनाथ शाहले अव्यवस्थित पोल सार्न तथा पुराना काम नलाग्ने ढल्ने अवस्थाका पोल मर्मतका लागि पहल भइरहेको बताए । पुराना खिया लागेका तथा नाली निर्माण गर्दा ढल्ने अवस्थामा रहेका पोल जुनसुकै बेला पनि ढल्न सक्ने भन्दै स्थानीय व्यापारीमा त्रास फैलिएको छ । हावाहुरी आउँदा विद्युत्को पोल ढल्छ कि भन्ने चिन्ता लागि रहने बताउँदै अर्का व्यापारी रामबहादुर बमले बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: