काठमाडौँ । शेयर बजारमा पछिल्ला दिनमा लगातार नयाँ नयाँ रेकर्ड कायम हुन थालेका छन् । कोरोना कहरका कारण मुलुकभर नै निषेधाज्ञा जारी छ । आम मानिस घरभित्रै छन् । व्यापार व्यवसाय प्रायः ठप्प जस्तै छ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा भने नयाँ खालका कीर्तिमान कायम भइरहेका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च स्थानमा पुगेको छ । यस्तै, कारोवार रकम पनि झण्डै रु १७ अर्बको हाराहारीमा पुगेको छ । कोराना कहर र निषेधाज्ञाले बजारलाई प्रभावित पार्न नसक्नुको पछाडि प्रविधिको प्रयोगलाई लिइएको छ । विद्युतीय रूपमा नै घरमै बसेर सहज रूपमा शेयर कारोवार हुन पाएका कारण विषम अवस्थामा समेत उल्लेखनीय इतिहास कायम भएको लगानीकर्ताको विश्लेषण रहेको छ ।
नेप्सेमा आज २९.५५ अङ्कले वृद्धि भई दुई हजार ८५६.६७ मा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.९६ अङ्कले बढेर ५१३.११ मा पुगेको छ । कूल २१८ कम्पनीको तीन करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर रु १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ मूल्यमा खरिद बिक्री भए । साताको कारोवार हुने अन्तिम दिन बिहिबारको कारोवारपछि बजार पूँजीकरण रु ३९ खर्ब ६४ अर्ब २१ करोड २१ लाख ५१ हजार ९९९ बराबर पुगेको छ । बजार पूँजीकरण पनि हालसम्मै उच्च भएको नेप्सेले जनाएको छ ।
कारोवारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु एक अर्ब दुई करोड ७० लाख २७ हजार २८७ बराबरको कारोवार भयो । यस्तै, छिमेक लघुवित्त विकास बैंक रु ६८ करोड १६ लाख ५० हजार १५९, लुम्बिनी विकास बैंक रु ३५ करोड पाँच लाख ९२ हजार ६०२, नेपाल बंगलादेश बैंक रु ३३ करोड २२ लाख ७० हजार ७३६ र नेपाल पूर्वाधार बैंकको रु ३३ करोड १३ लाख ८६ हजार ७७४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
यसैगरी, मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको शेयरमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ । गुर्खाज फाइनान्स ९.६८, ग्रीन डेभलपमेन्ट बैंक ९.५५, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.९५ प्रतिशतले कमाए । त्यस्तै, पञ्चकन्या माई हाइड्रोपावर ५.९२, राधी विद्युत् कम्पनी ५.०६, बरुण हाइड्रोपावर ४.८८, घलेम्दी हाइड्रो ४.४१, नारायणी डेभलपमेन्ट बैँकका लगानीकर्ताले ४.३५ प्रतिशतले गुमाए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: