काठमाडौँ । शेयर बजारमा पछिल्ला दिनमा लगातार नयाँ नयाँ रेकर्ड कायम हुन थालेका छन् । कोरोना कहरका कारण मुलुकभर नै निषेधाज्ञा जारी छ । आम मानिस घरभित्रै छन् । व्यापार व्यवसाय प्रायः ठप्प जस्तै छ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा भने नयाँ खालका कीर्तिमान कायम भइरहेका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च स्थानमा पुगेको छ । यस्तै, कारोवार रकम पनि झण्डै रु १७ अर्बको हाराहारीमा पुगेको छ । कोराना कहर र निषेधाज्ञाले बजारलाई प्रभावित पार्न नसक्नुको पछाडि प्रविधिको प्रयोगलाई लिइएको छ । विद्युतीय रूपमा नै घरमै बसेर सहज रूपमा शेयर कारोवार हुन पाएका कारण विषम अवस्थामा समेत उल्लेखनीय इतिहास कायम भएको लगानीकर्ताको विश्लेषण रहेको छ ।
नेप्सेमा आज २९.५५ अङ्कले वृद्धि भई दुई हजार ८५६.६७ मा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.९६ अङ्कले बढेर ५१३.११ मा पुगेको छ । कूल २१८ कम्पनीको तीन करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर रु १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ मूल्यमा खरिद बिक्री भए । साताको कारोवार हुने अन्तिम दिन बिहिबारको कारोवारपछि बजार पूँजीकरण रु ३९ खर्ब ६४ अर्ब २१ करोड २१ लाख ५१ हजार ९९९ बराबर पुगेको छ । बजार पूँजीकरण पनि हालसम्मै उच्च भएको नेप्सेले जनाएको छ ।
कारोवारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु एक अर्ब दुई करोड ७० लाख २७ हजार २८७ बराबरको कारोवार भयो । यस्तै, छिमेक लघुवित्त विकास बैंक रु ६८ करोड १६ लाख ५० हजार १५९, लुम्बिनी विकास बैंक रु ३५ करोड पाँच लाख ९२ हजार ६०२, नेपाल बंगलादेश बैंक रु ३३ करोड २२ लाख ७० हजार ७३६ र नेपाल पूर्वाधार बैंकको रु ३३ करोड १३ लाख ८६ हजार ७७४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
यसैगरी, मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको शेयरमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ । गुर्खाज फाइनान्स ९.६८, ग्रीन डेभलपमेन्ट बैंक ९.५५, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.९५ प्रतिशतले कमाए । त्यस्तै, पञ्चकन्या माई हाइड्रोपावर ५.९२, राधी विद्युत् कम्पनी ५.०६, बरुण हाइड्रोपावर ४.८८, घलेम्दी हाइड्रो ४.४१, नारायणी डेभलपमेन्ट बैँकका लगानीकर्ताले ४.३५ प्रतिशतले गुमाए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - २२:३०
रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...
श्रावण १४ गते, २०८३ - २१:०७
धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...
श्रावण १४ गते, २०८३ - २१:०२
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...
श्रावण १४ गते, २०८३ - २१:००
काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...



प्रतिकृया लेख्नुहोस्: