Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज बीस वर्ष पुरा, घटना अझै रहस्यमय

खबरडबली संवाददाता

काठमाडौं । रहस्यमय नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भइ २१ वर्षमा प्रवेश गरेको छ ।

२०५८ जेठ १९ गते शुक्रबारसाँझ त्रिभुवन सदनमा राजपरिवारका सदस्यहरुको नियमित पारिवारिक जमघटमा व्यस्त थिए । सोही समयमा एक्कासी गोलिकाण्ड चल्दा नाराहीटी राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुनुको साथै राजपरिवारका १० जना सदस्यहरुको निधन भएको थियो ।

नेपालको आधुनिक इतिहासमा राजपरिवारको वंशै नास हुने गरी कहालिलाग्दो रहस्यमय हत्याकाण्ड भएको २० वर्ष पुरा भइसक्दा समेत घटनाबारे सत्य तथ्य अझै बाहिर आउन सकेको छैन ।  

हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा सभामुख  र विपक्षी दलका नेता रहने गरी तीन सदस्य उच्चस्तरीय छानबिन समिति गठन भएको थियो ।   निष्पक्षतामाथि प्रश्न उठाउँदै विपक्षी दलका नेता माधव नेपाल बहिरिएपछि दुई सदस्य उच्चस्तरीय समितिले हत्याकाण्ड  तत्कालीन युवराज दीपेन्द्रले गरेको प्रतिवेदन सार्वजनिक गरिएको थियो । तर, आम जनताले दरबार हत्याकाण्डमा युवराज दिपेन्द्रले गराएकोमा अझैसम्म पनि विश्वास गर्न सकेका छैनन् । 

हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का लगायतका राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो । सो हत्याकाण्डमा रानी रत्नराज्य लक्ष्मी सहित पूर्वराजा ज्ञानेन्द्रको सवपरिवार सकुशल रहेका थिए । 

तत्कालिन राजाहरुमध्ये राजा वीरेन्द्र शान्तिप्रेमी, विकासप्रेमी र जनभावना अनुसार चल्नुपर्छ भन्ने मान्यता राख्ने राजाको रुपमा चिनिन्छन् । बीसौं वर्ष वितिसकेको छ । मुलुक राजतन्त्रबाट गणतन्त्रमा प्रवेश गरिसकेको छ । तरपनि हत्याकाण्डको वास्तविकता छानविन गरी सार्वजनिक गर्न कुनै सरकारले चासो दिएको छैन । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनसँग देउवा र शेखर समूहले पनि खोज्यो टिकट, धुम्बाराहीको होटलमा गोप्य वार्ता

काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी टिकट वितरणलाई लिएर तीनै प्रमुख गुटका नेताहरू सक्रिय बनेका छन्। यही विषयमा सहमति खोज्ने प्रयासस्वरूप गएराति काठम...

आज उम्मेदवार टुंगो लगाउँछौँ, ‘रुख’ चिह्न लिएर आउनेलाई जिताउन लाग्नुस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन्।  सामाजिक स...

पर्साका ६२ मतदानस्थल ‘अतिसंवेदनशील’

पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका कुल १६७...

सुदूरपश्चिममा देउवापछि को ?

काठमाडौं । ‘सुदूरपश्चिममा शेरबहादुर देउवाको उत्तराधिकारी को ?,’ तीन महिनाअघि कांग्रेसको आन्तरिक राजनीति सामान्य रहेकै बेला सुदूरपश्चिममा कार्यकर्ताबीच...

पूर्वमन्त्री यादव र वीरगञ्ज महानगर प्रमुख सिंह एमालेमा प्रवेश, इस्तियाक राई पनि सूर्य चिह्न लिएर उठ्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर पूर्वमन्त्री प्रदीप यादव नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महान...

अमरेश सिंहलाई साथ लिएर बालेनले गरे जानकी मन्दिर दर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन्। हिजो साँझ जनकपुरधाम पुगेका श...

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिका...

चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बु क्षेत्र

सोलुखुम्बु । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान ...

सोनाम ल्होसारले समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस्: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि...

पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात, छुर्पी र मुसुरो दालको व्यापारमा पनि उछाल

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending