काठमाडौं । रहस्यमय नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भइ २१ वर्षमा प्रवेश गरेको छ ।
२०५८ जेठ १९ गते शुक्रबारसाँझ त्रिभुवन सदनमा राजपरिवारका सदस्यहरुको नियमित पारिवारिक जमघटमा व्यस्त थिए । सोही समयमा एक्कासी गोलिकाण्ड चल्दा नाराहीटी राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुनुको साथै राजपरिवारका १० जना सदस्यहरुको निधन भएको थियो ।
नेपालको आधुनिक इतिहासमा राजपरिवारको वंशै नास हुने गरी कहालिलाग्दो रहस्यमय हत्याकाण्ड भएको २० वर्ष पुरा भइसक्दा समेत घटनाबारे सत्य तथ्य अझै बाहिर आउन सकेको छैन ।
हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा सभामुख र विपक्षी दलका नेता रहने गरी तीन सदस्य उच्चस्तरीय छानबिन समिति गठन भएको थियो । निष्पक्षतामाथि प्रश्न उठाउँदै विपक्षी दलका नेता माधव नेपाल बहिरिएपछि दुई सदस्य उच्चस्तरीय समितिले हत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्रले गरेको प्रतिवेदन सार्वजनिक गरिएको थियो । तर, आम जनताले दरबार हत्याकाण्डमा युवराज दिपेन्द्रले गराएकोमा अझैसम्म पनि विश्वास गर्न सकेका छैनन् ।
हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का लगायतका राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो । सो हत्याकाण्डमा रानी रत्नराज्य लक्ष्मी सहित पूर्वराजा ज्ञानेन्द्रको सवपरिवार सकुशल रहेका थिए ।
तत्कालिन राजाहरुमध्ये राजा वीरेन्द्र शान्तिप्रेमी, विकासप्रेमी र जनभावना अनुसार चल्नुपर्छ भन्ने मान्यता राख्ने राजाको रुपमा चिनिन्छन् । बीसौं वर्ष वितिसकेको छ । मुलुक राजतन्त्रबाट गणतन्त्रमा प्रवेश गरिसकेको छ । तरपनि हत्याकाण्डको वास्तविकता छानविन गरी सार्वजनिक गर्न कुनै सरकारले चासो दिएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - ०९:११
काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...
माघ १७ गते, २०८२ - ०९:०९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्। सहिद दिवसका अव...
माघ १७ गते, २०८२ - ०९:०१
गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । ...
माघ १७ गते, २०८२ - ०८:१८
काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...
माघ १७ गते, २०८२ - ०८:०३
काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...
माघ १७ गते, २०८२ - ०७:५५
काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...
माघ १७ गते, २०८२ - ०७:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...
माघ १७ गते, २०८२ - ०७:४७
काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...
माघ १७ गते, २०८२ - ०७:२०
म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...
माघ १७ गते, २०८२ - ०७:१२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...



प्रतिकृया लेख्नुहोस्: