काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि र त्यसभन्दा केही दिन पहिले समेत हरेक दिन नयाँ नयाँ रेकर्ड बनाएको नेप्से पछिल्ला दिनमा भने सुस्ताएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ११.६८ अङ्कले घटेर दुई हजाार ७७१.१५ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६८ ले ओरालो लागेर ४९८.८६ मा पुगेको छ । कूल २१६ कम्पनीको एक करोड ९७ लाख ८३ हजार ३५४ कित्ता शेयर रु आठ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ मूल्यमा खरिद बिक्री भए । आजको कारोवारपछि बजार पूँजीकरण रु ३८ खर्ब ४५ अर्ब ७० करोड २५ लाख ४५ हजार ९५१ बराबर पुगेको छ ।
कारोवार भएका कूल १३ उपसमूह मध्ये आज तीन उपसमूहको मात्रै शेयर मूल्यमा सुधार आएको छ भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ । विकास बैंक २१.४१, वित्त १.८८ र अन्य १४.७१ अङ्कले उकालो लागेको छ । बैंकिङ ११.७६, व्यापार ९३.५९, होटल तथा पर्यटन ९१.१६, जलविद्युत् २८.३८, निर्जीवन बीमा १२३.९९, उत्पादन ३९.०१, लघुवित्त १७.६८, जीवन बीमा १७६.६७, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.६७ बिन्दुले ओरालो लागे ।
कारोवारका आधारमा मङ्गलबार नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५७ करोड आठ लाख १५ हजार ७८२ बराबरको कारोवार भयो । यस्तै, लुम्बिनी विकास बैंक रु ३० करोड ३८ लाख ५२ हजार १५५, राधी विद्युत् कम्पनी रु २३ करोड ३५ लाख ५४ हजार ५७०, युनाइटेड मोदी हाइड्रोपावर रु १६ करोड ५३ लाख ५२ हजार ७५४ र एशियन लाइफ इन्स्योरेन्सको रु १६ करोड ३७ लाख ४० हजार ७१७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
यस्तै, नेप्सेका अनुसार कालिका पावर कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लुम्बिनी विकास बैंक रु ८.२५, गुर्खाज फाइनान्स ७.९७, समिट लघुवित्त ७.८७ र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले ५.४३ प्रतिशतले कमाए । त्यस्तै, दिव्यश्वरी हाइड्रोपावर ५.०२, खानीखोला हाइड्रोपावर ४.२१, जोशी हाइड्रोपावर ४.१७, आँखु खोला जलविद्युत् कम्पनी ४.१२ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ३.६१ प्रतिशतले गुमाए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: