Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

विवादको घेरामा संवैधानिक इजलास : वरिष्ठताको आधारमा न्यायधीश छानिए को को पर्छन् ?

खबरडबली संवाददाता

काठमाडौं । संसद विघटनसम्बन्धि सर्वोच्चमा दारय रिटमाथि सुनुवाई गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले शुक्रबार आफुसहित ५ सदस्य संवैधानिक इजलास गठन गरेका थिए । 

 शुत्रबार गठन गरिएको संवैधानिक इजलासमा राणा बाहेक न्यायधीशहरु आनन्दमोहन भट्टराई, दीपकुमार कार्की, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा समेटेक थिए । तर, रिट निवेदकका तर्फबाट बहसमा उत्रिएका बरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द वन्दी, डा. भीमार्जुन आचार्य, बद्रीबहादुर कार्की, रमण श्रेष्ठ, टिकाराम भट्टराई लगायत कानून व्यवसायीहरुले इजलासमा रहेका न्यायधीशद्वय श्रेष्ठ र केसीको न्यायीक निष्पक्षतामाथि प्रश्न उठाउँदै संवैधानिक इजलासमा नबस्न चर्को दवाव दिएपछि  संवैधानिक इजलास नियमित काममा प्रवेश नै नगरी विवादमा तानियो । 

शुत्रबार र आइतबार बसेको संवैधानिक इजलासमा दुई जना न्यायधीशको विसयमा कानून व्यवसायीहरुले चर्को विरोध जनाएपछि प्रधानन्याधीश राणाले संसद विघटसम्बन्धि सुनुवाई स्थगित गरेका थिए । सोही विवाद समाधानको लागि प्रधानन्यायधीश राणाले संवैधानिक इजलासका ५ जना न्यायधीशसंग सोमबार छलफल गरेका थिए तर न्यायधीशद्वय श्रेष्ठ र केसीले कानून व्यवसायीले विरोध गर्दैमा आफुहरु संवैधानिक इजलासबाट नहट्ने बताएपछि समस्या झन बल्झेको थियो । 

संवैधानिक इजलासकै अर्का दुई जना न्यायधीश आनन्दमोहन भट्टराई र दीपकुमार कार्कीले न्यायधीशमाथि प्रश्न उठपछि नैतिकताको आधारमा संवैधानिक इजलासमा बस्न नहुने राय दिएका थिए । विवादकाबीच प्रधानन्यायधीश राणाले मंगलबार पुरानै संवैधानिक इजलासलाई निरन्तरता दिएपछि सर्वोच्च बार एशोसिएसनका पदाधिकारी र राणबीच समस्या समाधानबारे छलफल भएको थियो । 

छलफलमा  बारका अध्यक्ष पूर्णमान शाक्यले बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न सूझाव दिएपछि संवैधानिक इजलास पुनर्गठन गर्न राणा तयार भएका थिए । आवश्यक परे संवैधानिक इजलाससम्बन्धि नियमावली नै परिवर्तन गरी एकतासभित्र संवैधानिक इजलास गठन गर्ने सहमति जनाए ।  

आजको सहमति अनुसार बरिष्ठताको आधारमा इजलास गठन भए पाँच सदस्यीय इजलासमा राणासँगै दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ इजलासका लागि छानिने छन्। 

यसअघि गत वर्षको पुस ५ गते प्रतिनिधि सभा विघटनको मुद्दा हरिकृष्ण कार्कीको विषयमा कानून व्यवसायीहरुले प्रश्न उठाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा महान्यायाधीवक्ता रहेका कार्कीले त्यसपछि इजलास छाडेका थिए। यसपटक पनि इजलासमा बस्न नमिल्ने भए वरिष्ठताका आधारमा न्यायाधीश ईश्वर खतिवडा संवैधानिक इजलासमा हुनेछन्। 

यस्तो छ संवैधानिक इजलाससम्बन्धि गठन गरिएको रोष्टर ?

संवैधानिक इजलासको रोष्टरमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत, सपनाप्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो

काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...

सहिद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश- अब कुनै आमाको काख नरित्तियोस्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्।  सहिद दिवसका अव...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् ।  ...

दक्षिण कोरियामा नेपाली कामदारको कोटा बढाउनेदेखि उमेर घटाउनेसम्मका प्रस्ताव

काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य हात पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...

सहिदका सपना पूरा गर्न उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँ: सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE