झापा । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले आफूले नगरपालिकाबाट पारिश्रमिक तथा भत्तावापत प्राप्त गरेको रु १० लाख अक्सिजन प्लान्ट निर्माणमा सहयोग गरेका छन् । कोभिड–१९ को महामारीमा अक्सिजनको माग उच्च भइरहेको हुँदा नगरमा सञ्चालित अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न उक्त सहयोग दिएको नगरप्रमुख पोखरेलले बताए । उनले रु १० लाखको चेक नगरपालिकालाई हस्तान्तरण गरेको नगरका प्रमुख प्रशासकीय मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।
विकासप्रेमी नगरप्रमुखको पहिचान बताएका पोखरेलले निर्वाचित भएलगत्तै आफूले पारिश्रमिक र भत्तावापत पाउने सबै सुविधा सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका थिए । नगरमा हाल १५ शय्याको नगरस्तरीय अस्पताल सञ्चालनमा छ । त्यहाँ रुदुई करोडको लागतमा अक्सिजन प्लान्ट स्थापना गर्ने नगरको लक्ष्य छ । यसका लागि नगरको चालु बजेटबाट रु एक करोडसम्म उपयोग गरिने र स्थानीय सहयोगी मनहरुबाट रु एक करोडको आश्वासन प्राप्त भएको उनले बताए । अस्पताललाई ५० शय्यामा विस्तार गर्नेसमेत नगरको योजना छ ।
“कोरोना महामारीबाट नागरिक एकदमै ठूलो पीडामा छन्”, उनले भने, “अहिले बरु सडक पक्की गर्दैनौँ, स्वास्थ्य सेवालाई भरपर्दो बनाउँछौँ ।” अप्ठेरो बेलामा नागरिकलाई भोक र रोगले मर्न नदिने आफ्नो उद्देश्य रहेको उनले भने । उनले पहिलो वर्ष यही सुविधावापत पाएको रु तीन लाख ४० हजार नगरका श्रमिक वर्गको सार्वजनिक हित कोषमा जम्मा गरेका थिए ।
आर्थिक वर्ष २०७४÷७५ मा गाडी खरिद शीर्षकमा नगरपालिकाले छुट्याएको रु ४० लाख बजेट नगरप्रमुखले सडक निर्माणमा लगाएका थिए । विसं २०७० मा नगरपालिकाले किनेको गाडीले नै काम चलिरहेको जनाउँदै नगरप्रमुख पोखरेलले नयाँ गाडी किन्न आवश्यक नरहेको बताएका थिए ।
आव २०७६÷७७ मा नगरप्रमुख चढ्ने छुट्टै सवारी साधन खरिदका लागि नगरपालिकाले फेरि रु ६० लाख बजेट विनियोजन गरेको थियो । नगरप्रमुख पोखरेलले गाडी किन्न अस्वीकार गर्दै सो रकम नगरपालिका आफैँले स्थापना गरेको प्राविधिक कलेजलाई प्रदान गरेका थिए । नगरपालिकाले सो रकम खर्च गरेर वडा नं ७ मा कनकाई पोलिटेक्निक इन्स्टिच्युट नामक प्राविधिक कलेज सञ्चालनमा ल्याएको छ । कलेजमा सिभिल इञ्जीनियरिङ, जियोमेट्रिकक इञ्जीनियरिङ र इनफर्मेशन टेक्नोलोजीको पढाइ भइरहेको छ ।
साइकलप्रेमी नगरप्रमुख पोखरेल कार्यालयमा साइकल चढेर जाने गर्नुहुन्छ । उनले पारिश्रमिकको केही रकम नगरका सडकमा साइकल लेन बनाउन खर्च गर्ने घोषणा गरेका थियो तर गत वर्षदेखि कोरोना महामारी बढेपछि साइकल लेन परियोजना अधुरो छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: