Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

सहज बन्दै कोरोना विरुद्धको उपचार

रासस

महोत्तरी । कोभिड–१९ महाव्याधिविरुद्ध अग्रपङ्क्तिमा रही सेवा दिने स्वास्थ्यकर्मीको सुरक्षा र सङ्क्रमित बिरामीको उपचार अब क्रमशः सहज बन्दै गएको छ । सुरक्षित रही काममा खट्नु पर्ने स्वास्थ्यकर्मी र बिरामीका उपचारका लागि स्वास्थ्य सामग्री सहयोगबाट जुट्दै गएपछि महोत्तरीमा अब स्थिति क्रमशः सहज बन्दै गएको हो ।

बुधबार वल्र्डभिजन इन्टरनेशनल संस्थाले महोत्तरीको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई रु २५ लाखका स्वास्थ्य सामग्री प्रदान गरेपछि प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले अब उपचार सहज बन्दै जाने र विकराल अवस्था चाँडै नियन्त्रण हुने विश्वास व्यक्त गरे । ‘वबभिन्न क्षेत्रबाट सहयोग जुट्दै छ’, जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहनुभएका प्रजिअ भट्टराईले भने, ‘सङ्क्रमण र मृत्यु दर घट्दैछ, निको हुने बढ्दै छन् , सहयोगी हात थपिँदै छन् , अब केही सहज हुँदै जानेछ ।’ 

जिल्ला अस्पताल जलेश्वर, बर्दिबास अस्पताल र गौशाला नगरपालिकाको इमलीबजारस्थित स्वास्थ्यचौकीमा सञ्चालित आइसोलेशन कक्षमा अब अक्सिजनको अभावमा उपचार प्रभावित हुने अवस्था नरहेको प्रजिअ भट्टराईको भनाइ छ । 

विभिन्न संस्था र व्यक्तिले खुला हृदयले अस्पतालहरुलाई अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामग्री सहयोग बढाउँदै लगेका छन् । सामाजिक क्षेत्रबाट भइरहेको सहयोगले उपचारमा खट्ने चिकित्सक र स्वास्थ्यकर्मीमा पनि ऊर्जा प्राप्त भएर सेवामा लाग्न हौसला बढेको बर्दिबास अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सुनिलकुमार दाहाले बताए ।

बुधबार जिल्ला प्रशासन कार्यालय महोत्तरी परिसरमै पुगेर वल्र्डभिजन इन्टरनेशनलका प्रतिनिधिले प्रजिअ भट्टराईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । प्राप्त सामग्रीमा ७० वटा अक्सिजन सिलिण्डर, ७० वटा पल्स अक्सिमिटर, ७० वटा थर्मल टेम्परेचर, ७० वटा पिपिइ सेट, एउटा अक्सिजन कन्सन्ट्रेटर, १२ प्याकेट सर्जिकल मास्क, ७२ वटा एन–९५ मास्क, पाँच लिटर स्यानीटाइजर, १२ वटा सोप लिक्विड (हयाण्ड वास) रहेका छन् । यी सामग्रीले  बिरामीको सघन उपचारदेखि अग्रपङ्क्तिमा रही सेवा प्रवाह गर्नेहरुको सुरक्षामा सहयोग पुग्ने प्रजिअ भट्टराईको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending