धनगढी । नेकपा (एमाले) को स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्दै सुदूरपश्चिम प्रदेशको सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता हुन सो पार्टीको प्रदेश कमिटीले निर्देशन दिएको छ ।
एमालेको स्थायी कमिटीले सोमबारको बैठकले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यसको दोस्रो दिन एमाले प्रदेश कमिटीले संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ सहित मन्त्रीलाई निर्देशनसहित पत्र दिएको छ । प्रमुख सचेतक तामाङलाई प्रदेश सरकारमा सहभागी मन्त्रीलाई फिर्ता गराउन निर्देशन दिइएको छ ।
प्रदेश सरकारमा एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी सबै एमालेबाट निष्काशित नेता माधवकुमार नेपाल समूहका हुन ।
एमाले प्रदेश कमिटीले तिनै मन्त्रीलाई फिर्ता भएर एमाले नेतृत्वमा सरकार बनाउन सहयोग गर्न निर्देशन दिइएको छ । प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सचेतकसहित तिनै मन्त्रीलाई निर्देशनसहित पत्र पठाएका हुन् ।
एमाले प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले स्थायी कमिटीको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार बनाउन मन्त्रीलाई फिर्ता हुन निर्देशनसहित पत्र दिइएको जानकारी दिए ।
प्रदेशको एमाले संसदीय बैठकले भने आज स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । प्रदेश कमिटी अध्यक्ष थापाले पार्टीको निर्णयविरुद्ध जानेलाई कारबाही गरिने बताएका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - २१:२१
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा आरोपित सुलभ अग्रवाल र दीपक भट्टलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दि...
आषाढ़ ३ गते, २०८३ - २१:१८
काठमाडौँ । फिफा विश्वकप २०२६ को सुरुआती चरणमै विश्व फुटबलका तीन ठूला स्टारले आफ्नो प्रभाव देखाइसकेका छन्। लियोनल मेसी, किलियन एम्बाप्पे र एर्लिङ हालाण...
आषाढ़ ३ गते, २०८३ - २०:५५
काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै देशभरका किसान रासायनिक मलको अभावसँग जुधिरहेका छन्। सरकार भने गोदाममा पर्याप्त मौज्दात रहेको र मलको अभाव...
आषाढ़ ३ गते, २०८३ - २०:३५
कञ्चनपुर । सुदूरपश्चिमको बहुप्रतीक्षित दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण कार्यले गति लिँदै गएको छ। एक वर्षअघि सुरु भएको परियोजनाको भौतिक प्रगति हा...
आषाढ़ ३ गते, २०८३ - २०:२७
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने बताएकी छन...
आषाढ़ ३ गते, २०८३ - २०:२२
झापा । नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने जनाएका छ...
आषाढ़ ३ गते, २०८३ - २०:१८
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगी प्रकरणका फरार अभियुक्त गितेन्द्रबाबु (जीबी) राईको खोजीमा सरकार गम्भीर नदेखिएको आरोप लगाए...
आषाढ़ ३ गते, २०८३ - २०:१६
महोत्तरी । तराई–मधेसमा आँपको मौसम चलिरहेका बेला महोत्तरीमा एउटा अनौठो दृश्य देखिएको छ। भङ्गाहा–४ रामनगरका किसान रामभगत महतोको आँगनमा रहेको एउटै आँपको ...
आषाढ़ ३ गते, २०८३ - २०:०८
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज राति पोर्चुगल र कंगो डीआरबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘के’ अन्तर्गतको खेल नेपाली समयअनुसार राति १०ः४५ बजे स...
आषाढ़ ३ गते, २०८३ - ०८:५१
काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...



प्रतिकृया लेख्नुहोस्: