काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो १२ बजेपछि बस्ने केन्द्रीय कार्यलयका सचिव शेरबहादुर तामाङले बताए ।
बैठकमा पार्टी विरुद्ध माधव समूहको विपक्षी गठबन्धनसंग साँठगाँठ र सरकार विरुद्ध विपक्षी गठबन्धनको मोर्चावन्दीबारेमा छलफल केन्द्रीत हुने बुझिएको छ ।
यसअघि जेठ ८ बसेको स्थायी कमिटीले पार्टी हित विपरित विपक्षी गठबन्धनसंग मिलेर सरकरविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै माधव नेपाल सहित उनका पक्षका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । आइतबार केन्द्रीय कार्यलय सचिवमार्फत अध्यक्ष ओलीले ११ जनालाई तीन बुँदे स्पष्टिकरण पत्र पठाइसकेको तामाङले बताएका छन् ।
स्पष्टीकरण बुझाउन भनेर दिइएको समयअवधि पूरा भएकाले सोमबारको स्थायी कमिटीको बैठकले थप निर्णय लिन सक्ने अनुमान छ ।
स्पष्टिकरण सोधिएका नेताहरुमा माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको थियो ।
चैत ७ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले बरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीहित विपरित गतिविधि गरेको आरोप लगाउँदै ६ महिनाको लागि पार्टीबाट निलम्बन गरिएको थियो । तर, बैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने समयमा माधव नेपाल समूहका सांसदहरु बैठकमा अनुपस्थित रहेपछि अध्यक्ष ओलीले बैशाख २८ गते माधव नेपाल सहित चार जनामाथिको निलम्बन फुकुवा गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: