काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई थाहै नदिइ आफ्ना पक्षका सांसदहरुको बैठक बोलाएका छन् ।
अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षको संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारमा ठाकुर–महतो पक्षको बैठक बसेको हो। बैठकमा उपेन्द्र–बाबुराम पक्षलाई बोलाएको छैन ।
यस अघि अध्यक्ष द्वय ठाकुर र यादवबीच भएको सहमति विपरित गुटको भेला बोलाएको भन्दै यादव–भट्टराई पक्षले असन्तुष्टि जनाएको छ । यादव पक्षका नेता मोहम्मद इस्तिहाक राईले ठाकुर पक्षले बोलाएको सांसदहरुको बैठकबारे आफुलाई थाहा नभएको जवाफ दिएका छन् । ‘उहाँहरुले बोलाएको बैठक पार्टीको आधिकारीक बैठक होइन,’उनले भने, सहमतिको मसी सुक्न नपाउँदै गुटको भेला गर्नु पार्टी हितविपरित काम हो । त्यसले कसैलाई पनि फाइदा गर्दैन । गुटको निर्णय पार्टीलाई मान्य हुँदैन ।’
यसअघि जेठ तीन गते पार्टी अध्यक्ष द्वय यादव र ठाकुरबीच सके आफ्नै नेतृत्वमा सरकार गठन गर्ने नसके संयुक्त सरकार गठन गर्नुपर्ने निर्णय गरेको थियो । तत्काल सत्ता समिकरणमा नलाग्ने भन्दै प्रतिपक्षमा बस्ने दुई नेताबीच सहमति भएको थियो ।
बिहीबार प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत नलिइ संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठन गर्ने निर्णय गरेपछि अध्यक्ष ठाकुर र महतो प्रधानमन्त्री निवास बालुवाटरमा गएर ओलीलाई भेटेका थिए । मधेशी दलले उठाएको मुद्दाको बारेमा अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति गरेका थिए ।
ठाकुर र महतो पक्षबाहेकका सांसदहरुलाई भने बैठकको खबर गरिएको छैन । उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षका एक नेताले आफूहरुलाई बैठकबारे जानकारी नभएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - ०९:११
काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...
माघ १७ गते, २०८२ - ०९:०९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्। सहिद दिवसका अव...
माघ १७ गते, २०८२ - ०९:०१
गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । ...
माघ १७ गते, २०८२ - ०८:१८
काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...
माघ १७ गते, २०८२ - ०८:०३
काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...
माघ १७ गते, २०८२ - ०७:५५
काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...
माघ १७ गते, २०८२ - ०७:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...
माघ १७ गते, २०८२ - ०७:४७
काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...
माघ १७ गते, २०८२ - ०७:२०
म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...
माघ १७ गते, २०८२ - ०७:१२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...



प्रतिकृया लेख्नुहोस्: