डोटी । दोस्रो चरणको कोरोना भाइरसका कारण सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गएको छ । बन्दाबन्दीले काम नपाउँदा उनीहरुलाई निकै समस्या उत्पन्न भएको छ । सरकारले गरेको बन्दाबन्दीले उनीहरुले दैनिक गर्दै आएको काम बन्द भएका कारण साँझ बिहान हातमुख जोड्नसमेत धौधौ परेको छ ।
पहिलो चरणको कोरोना सङ्क्रमणका बेला भएको बन्दाबन्दीको समयमा अधिकांश सङ्घसंस्थाले यहाँका मजदुरी गरी खाने वर्गलाई खाद्यान्नलगायतका राहत वितरण गरेको भए पनि यसपटकको बन्दाबन्दीमा कसैले पनि राहत नदिएका कारण आफूहरुलाई हातमुख जोड्नसमेत मुस्किल पर्दै आएको दिपायल सिलगढी नगरपालिका–४ का श्यामबहादुर बादीले गुनासो गरे । उनले भने, “हामी त दैनिक काम गरेर खाने मान्छे, कोरोनाले सबै क्षेत्र बन्द भए, हामीले काम पाएनौँ, काम नपाउँदा कसरी छाक टार्ने यही समस्याले पिरोलेको छ ।”
जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित सेती प्राविधिक शिक्षालय नजिकको सरकारी जमिनमा बस्दै आएका यहाँका जमिनविहीन बादी समुदायका व्यक्तिलाई बन्दाबन्दीले सबैभन्दा बढी सताएको छ । जमिन नभएका कारण खेतीपातीको काम गरेर पनि खान नसक्ने अवस्थाका उक्त ठाउँका कम्तीमा पनि आठ परिवार बादी समुदाय ज्याला मजदुरी काम गर्दै परिवार पाल्दै आएका थिए । वर्षौँ पहिलेदेखि सुकुम्बासी भएर उक्त क्षेत्रमा बसोबास गर्दै आएका बादी समुदायका परिवारलाई कोरोनाका कारण भएको बन्दाबन्दीले निकै सताएको दिपायल सिलगढी नगरपालिका–४ का कुल्पातेका स्थानीयवासी खड्गप्रसाद अग्रवालले जानकारी दिए । उनका अनुसार बन्दाबन्दीले काम नपाउँदा यहाँका बादी समुदायलाई गाउँगाउँमा गएर मागेर पेट पाल्नुपर्ने अवस्था सिर्जना भएको छ ।
बादी समुदायजस्तै यहाँको गैरा, ढोलपडा, घोलतडा, पिपल्ला, दिपायललगायतका क्षेत्रका दैनिक मजदुरी गरी छाक टार्दै आएका दलित परिवारलाई पनि छाक टार्न मुस्किल बन्दै गएको राजपुरका स्थानीयवासी नरेन्द्रबहादुर शाहले बताए । उनले भने, “कोरोनाको बन्दाबन्दीले जिल्लामा सबैलाई समस्या नै छ, विशेषगरी यहाँका जग्गा जमिन नभएका दलित परिवारलाई पेट पाल्न निकै समस्या भएको छ, राहत पनि कसैले दिँदैनन्, रोगभन्दा भोकले मर्ने चिन्ता उनीहरुमा बढेको छ ।”
यहाँका मजदुरी गरी खाने वर्गलाई स्थानीय सरकारले समेत राहतका लागि अहिलेसम्म पनि कुनै पहल नचालेकाले झनै समस्या भएको बताइएको छ । राजपुरस्थित बागनेटीमा ज्यामी काम गर्दै आउनुभएका धनीराम ओडले दोस्रो चरणको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शुरु भएको लकडाउनमा काम गर्न नपाउँदा भोकै बस्नुपर्ने अवस्था आएको बताए । ओडजस्तै यहाँका दैनिक सिकर्मी तथा डकर्मीको काम गर्दै आएकाहरुले पनि बन्दाबन्दीका कारण काम गर्न नपाएपछि उनीहरुलाई दैनिक छाक टार्न समेत मुस्किल परिरहेको छ । उनीहरुलाई कोभिड–१९ को सन्त्रासभन्दा पनि भोकभोकै मरिन्छ कि भन्ने चिन्ता बढी छ ।
बन्दाबन्दीले काम गर्न नपाउँदा आफूलाई घर खर्च चलाउन निकै समस्या परेको यहाँका मजदुरी गरी खाने वर्गको भनाइ छ । उता दिपायल सिलगढी नगरपालिका–४ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले मजदुर वर्गलाई परेको समस्या समाधानका विषयमा छलफल भइरहेको र आवश्यक राहत जुटाउनका लागि पहल भइरहेको बताए । उनले भने, “हाम्रो नगरपालिकामा दैनिक मजदुरी गरी खाने वर्गलाई बन्दाबन्दीले निकै समस्या भएको छ, उनीहरुलाई राहत वितरणका लागि पहल भइरहेको छ, सम्भवतः चाँडै समस्या समाधान हुन्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: