Ntc summer Offer
Khabar Dabali ९ जेष्ठ २०८१ बुधबार | 22nd May, 2024 Wed
NIMB

अक्सिजनको अभावले अस्पताल चिन्तित

रासस

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेको भन्दै अस्पतालले चिन्ता जनाएको छ ।  अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झाले अक्सिजनका लागि तत्कालै सम्बन्धित निकायलाई आ–आफ्नो ठाउँबाट जुट्न आग्रह गर्नुभएको छ ।

उद्योगहरुको खाली सिलिण्डरको लामले दुई दिनमा पनि अक्सिजन पाइन सक्ने अवस्था नदेखिएपछि तनावमा आएका डा झाले सहयोगका लागि सोमबार प्रमुख जिल्ला अधिकारीे, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई सार्वजनिकरूपमा अपिल गर्नुभएको हो ।

अस्पतालका सिलिण्डर रित्तिँदै गएको तथा सुनसरीको इटहरी र दुहबीस्थित उद्योगको डिपोमा खाली सिलिण्डर भर्न समय लाग्ने भएपछि अक्सिजन अभाव हुने अवस्था आएको अस्पतालका निमित्त मेसु डा झाले बताए । अस्पतालमा हाल छवटा अक्सिजन कन्सन्ट्रेटरसहित १४० वटा सिलिण्डर छन् । तीमध्ये ७० वटा सिलिण्डर खाली भएका छन् ।

बाँकी रहेका सिलिण्डरबाट अन्य सङ्क्रमितलाई अक्सिजन उपलब्ध गराइरहेको जानकारी दिँँदै झाले आजसम्म अक्सिजन ल्याउन नसकिए धेरै सङक्रमितको जीवन जोखिममा पर्ने चिन्ता व्यक्त गरे ।    अक्सिजनको आपूर्ति हुँदै आएको इटहरी र दुहबीको डिपोमा अक्सिजन भर्न पश्चिम बुटवल, दाङसम्मबाट खाली अक्सिजन सिलिण्डर लाममा बसेको छ ।

अस्पतालको एचडीयू व्यवस्थासहितको आइसोलेशनमा २५, आकस्मिक कक्षमा २०, छिन्नमस्ता अस्पताल र साईकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको कोभिड अस्पताल तथा कञ्चनरुपको आइसोलेशन केन्द्रमा १६÷१६ जना कोरोना सङ्क्रमित चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचाररत छन् । अस्पतालमा उपचाररतमध्ये अधिकांशलाई अक्सिजन लगाउनुपरेको भन्दै डा झाले आजसम्म अक्सिजन व्यवस्था नभए ठूलो जोखिम मोल्नुपर्ने बताए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले देशभरि नै अक्सिजन अभाव रहेकाले उद्योगमा लाम लागेको भन्दै वैकिल्पक उपाय खोजेर पनि आजसम्म अक्सिजन उपलब्ध गराउन प्रयासरत रहेको बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धुलिखेल-खावा सडक बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिने, यी हुन् वैकल्पिक बाटो

काठमाडौं । निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत् धुलिखेल खावा सडक मंगलबार र बुधबार दिउँसो चार घन्टा रोकिने भएको छ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म...

रवि लामिछाने र गगन थापाबीचको आरोप प्रत्यारोप : राजनीतिक दाउपेच कि लोकरिझ्याइँ ?

काठमाडौं । कुनै बेला सौहार्दपूर्ण सम्बन्धमा रहेको देखिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच पछिल्ला दिनह...

महाधिवेशन प्रतिनिधि निर्वाचन गर्न जसपा नेपालले गठन गर्‍यो प्रदेश समिति

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गर्न सातै प्रदेश समितिमा प्रदेश निर्वाचन तदर...

बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै

बागलुङ । बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना बालबालिकाका लागि यही जेठ १३ देखि २६ गतेसम्म आइपिभी खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभावका कारण...

भङ्गहा-जनकपुर-जयनगर रेल सेवा पुनः सञ्चालन

महोत्तरी । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो ।  म...

गृहमन्त्रीले गगनलक्षित गर्दै ‘देशको सूचना बेचेको’ भन्ने आरोप प्रमाणित नगरे कांग्रेसले राजीनामा माग्ने

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगन थापा लक्षित देशको सूचना बेचेको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले लगाएको आरोप पुष्टि नगरे राजीना...

काठमाडौंको थलीमा एक पुरुष मृत भेटिए, पहिचान भने खुलेन

काठमाडौं । काठमाडौंको थलीमा एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव पहिचान नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अ...

विवाहको वहाना बनाएर चीन पुर्‍याइ वेश्यावृत्तिमा लगाउने महिला पक्राउ

काठमाडौं । विवाहको वहाना बनाएर चीन पु¥याइ मानव बेचविखन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले मानव बेचवि...

पशुपतिनाथको भेटी चोर्न कोषकै कर्मचारी संलग्न, आठ जना पक्राउ

काठमाडौं । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका क...

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व संकलन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ । महानगरले गत आवको १० म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies