Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

कोरोनाको ‘हट स्पट’ बन्दै स्थानीय तह : भोजले फैलायो, पाहुनाले भित्र्याए

सन्तोष गौतम

म्याग्दी । बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना सङ्क्रमणको हट स्पट बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका पाहुनामार्फत भित्रिएको कोरोना भोजभतेर र जमघटबाट टोल बस्ती हुँदै नागरिकका घरसम्म पुगेको छ । 

सिंगाका वडाध्यक्ष गोविन्द पौडेलका अनुसार वडाभर हालसम्म ६५ भन्दा बढी सङ्क्रमित भइसकेका छन् भने दुई जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय र प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको बेनी नगरपालिकाका ५१ जना सबै सङ्क्रमित वडा नं. ४ का हुन् । वैशाख २७ गते नगरपालिकाका स्वास्थ्यकर्मीहरुले लक्षण देखिएका र सङ्क्रमितको नजिकको सम्पर्कमा रहेका ६७ जनाको सिंगामा स्वाब सङ्कलन गरेका थिए । 

‘तातोपानी, सिंगा, बास्कुना, थामडाँडा, डाँडाखेत र सुर्केमेलामा बढी सङ्क्रमित छन । कतिले अझै परीक्षण गरेका छैनन’, वडाध्यक्ष पौडेलले भने, ‘छुटेका र सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको मङ्गलबार पुनः तातोपानीमा स्वाब सङ्कलन गर्दैछौँ ।’ 

गत वैशाख १४ गते तातोपानीका होटल व्यवसायीहरुलाई कोरोनाको लक्षण देखिएको थियो । वडाध्यक्ष पौडेलका अनुसार यसअघि बेनी नगरपालिकाको वडा नं ४ मा १६ सङ्क्रमित थिए । जिल्ला प्रशासन कार्यालयले म्याग्दीका तातोपानी कुण्ड बन्द गराउन निर्देशन दिनुभन्द्या अघिदेखि नै तातोपानीमा भित्रिएको कोरोना फैलिने क्रममा थियो । 

तातोपानीको छिमेकी बस्ती सिंगा, सुर्केमेला, डाँडाखेत, बास्कुना र थामडाँडामा १४ गतेपछि चौरासी पूजा, विवाह, क्रिया कर्म, व्रतबन्ध जस्ता सांस्कृतिक कार्य भए र त्यहाँ भोजभतेर र जमघट भएको थियो । नागरिकहरु सचेत भइसकेका थिएनन् । मास्क, स्यानिटाइजरको प्रयोग र हात धुने अभ्यासप्रति ध्यान दिएनन् । प्रशासनले प्रतिबन्ध लगाए पनि सांस्कृतिक कार्यमा बाजागाजा, नाचगान र भोजभतेर चल्यो । 

तातोपानी स्नान र भ्रमणमा आएका शहरी क्षेत्रका पाहुनामार्फत भित्रिएको कोरोना समुदायस्तरमा फैलाउन सांस्कृतिक कार्यले सहयोग पुगेको ठहर जिल्लास्थित सुरक्षा निकाय, जनप्रतिनिधि, प्रशासन र सरोकारवालाले गरेका छन् । फैलिएको कोरोना नियन्त्रण गर्न सिंगा, तातोपानीलगायतका बस्तीका बासिन्दाहरु घरभित्रै बसेका छन् । 

तातोपानीको उपल्लो र तल्लो बजार सोमबार दिउँसो सुनसान थियो । पसल तथा होटल बन्द थिए । मानिसहरु झ्यालबाट बाहिर हेरिरहेका थिए । उनीहरु कोरोनादेखि डराएको जस्तो वातावरण थियो । लक्षण देखिएका र सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण, उपचारका साथै थप फैलिन नदिन सचेतनामूलक कार्यक्रम गरिएको वडाध्यक्ष पौडेलले बताए । उनले स्वास्थ्यकर्मीसहितको टोली सङ्क्रमितको घरमा पुगेर अवस्था बुझ्ने र हौसला दिन थालिएको बताए । 

यसैबीच बेनी नगरपालिकाका ५१ सहित म्याग्दीमा सोमबार ८२ नयाँ सङ्क्रमित थपिँदा ५३ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना जित्नेमा बेनीका तीन महिनाको शिशुदेखि रघुगङ्गाका ८९ वर्षका वृद्धसम्म छन् ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले पिसिआर विधिबाट गरिएको परीक्षणका क्रममा रघुगङ्गामा थप ११ सङ्क्रमित भेटिएका छन् । चौध जनाको पिसिआर परीक्षण गरिएको थियो । उनीहरु सबै वडा नं ४ का हुन् । रघुगङ्गाको वडा नं ४ मा पर्ने दग्नाममा वैशाख तेस्रो साता भूमे पूजा भएको थियो । 

एन्टिजेन परीक्षणबाट रघुगङ्गामा तीन, धवलागिरिमा १४, मङ्गलामा दुई र अन्नपूर्णमा एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताए । धवलागिरिका सङ्क्रमित वडा नं. २ लुलाङ र लम्सुङका हुन् । 

हालसम्म ९६७ सङ्क्रमित रहेको म्याग्दीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४४ जना छ । म्याग्दीबाट पठाइएको ४१६ वटा स्वाब नमूनाको नतिजा आउन बाँकी छ । वैशाख २२ गते रातिदेखि शुरु भएको निषेधाज्ञा जेठ १० गतेसम्म लम्बिएको छ । 

परीक्षणको दायरा बढाए पनि पिसिआरको नतिजा आउन ढिलाइ हुँदा जोखिम र कोरोना नियन्त्रणमा चुनौती छ । पालिकास्तरमा आइसोलेशन सञ्चालन गरेका स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु लक्षण देखिएकाको परीक्षणका साथै होम आइसोलेशनमा बसेकालाई भेटेर हौसला बढाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरिरहेका छन् । 

बेनी अस्पतालमा सञ्चालित आइसोलेशनमा बिरामीको चाप बढेको छ । सोमबार केही समय अस्पताल परिसरमा सङ्क्रमितलाई राखेर उपचार गर्ने ठाउँको अभाव भएको थियो । पोखरा पठाएको सिलिण्डर भरेर आउन ढिलाइ हुँदा अक्सिजन अभाव हुने चिन्ताले चिकित्सक, स्वास्थ्यकर्मी र व्यवस्थापन समितिका पदाधिकारी चिन्तित देखिन्थे । 

बेनी अस्पतालको आइसोलेशनमा नौ पुरुष र सात महिला उपचाररत छन् । तीन जना निको भएर घर गएका छन् । उन्नाइस जनाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको अस्पतालमा १२ को एन्टिजेन परीक्षण गर्दा नौमा सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन नेगेटिभ आए पनि चार जनालाई निगरानीमा राखेर उपचार गरिएको छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending