Life insurence
Khabar Dabali ९ असार २०७८ बुधबार | 23rd June, 2021 Wed
Himalayan Golden detail page

तीन दलीय गठबन्धनबीचको सहकार्य कायमै राख्ने विपक्षी शीर्ष नेताहरुको निर्णय 

खबरडबली संवाददाता

काठमाडौं । विपक्षी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा उपेन्द्र समूहका नेताबीचको सहकार्यलाई जारी राख्ने निर्णय गरेका छन् ।

 शुक्रबार बिहान देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले तीन दलीय गठबन्धन र सहकार्य कायमै राख्ने निर्णय गरेका हुन् ।  शीर्ष नेताबीच भएको डेढ घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीका सम्भावित कदमबारे समिक्ष गर्दै आगामी दिनमा पनि सहकार्य जारी राख्ने सहमति गरेका हुन् ।  

काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा सभापति देउवासहित माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको सहभागिता थियो । प्रधानमन्त्री नियुक्तिमा बहुमत जुटाउन असफल भएको गठबन्धनका नेताहरुले ओलीले बहुमत प्राप्त गर्न नसक्ने अवस्था आएमा फेरी संसद विघटन गर्न सक्ने तर्फ छलफल भएको एक नेताले बताए ।

यस्तै, शीर्ष नेताबीच भएको छलफलमा बहुमत जुटाउन नसक्नुको आन्तरिक तथा बाह्य कारण, संविधानमा व्यवस्था भएको धारा ७६(५) को प्रयोग, कोरोना महामारी लगायत विषयमा समिक्षा भएको बुझिएको छ । 

Khabardabali Desk–GP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद विघटन विरुद्धको मुद्दा संवैधानिक इजलासमा सुरु

काठमाडौं ।  प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा सहितको पाँच जना न्याय...

सर्वोच्चले मन्त्रिपरिषद् पुर्नगठन खारेज गरेकोमा नेकपा मसालद्वारा प्रशंसा(विज्ञप्ति सहित)

काठमाडौं । नेकपा (मसाल)ले ओलीको स्वेच्छाचारी तरिकाले गरिएको मन्त्रिपरिषद् पुर्नगठनलाई सर्वोच्चले खारेज गरेर प्रशंसनीय काम गरेको बताएको छ । बुधबार म...

खाद्यन्नमा सरकारले उपभोक्तालाई दिँदै आएको सहुलियत बन्द

काठमाडौं  । निषेधाज्ञामा सरकारले उपभोक्तालाई खाद्यान्नमा दिएको सहुलियत बन्द गरेको छ । सरकारी स्वामित्वमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल...

फौजी किरा नियन्त्रण गर्न किसानलाई निःशुल्क विषादी

भोजपुर । अमेरिकन फौजी किराले मकैबाली नष्ट गरेपछि भोजपुरको पौवादुङ्मा गाउँपालिकाले निःशुल्क विषादी वितरण अभियान थालेको छ । फौजी किराका कारण समस्या परेक...

अबरुद्ध नेपाल टेलिकमको मोबाइल नेटवर्क मर्मतपछि शुचारु

काठमाडौं । नेपाल टेलिकमको जिएसएम मोबाइलमा फाने नलाग्ने समस्या समाधान गरेको छ ।  बुधबार बिहानैदेखि देशैभरका मोबाइलमा फोन नलाग्ने समस्या देखिएको थियो...

नगरपालिकाको आन्तरिक आम्दानीबाट तीन पुल निर्माण

चितवन । खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा तीन वटा पुल निर्माण गरेको छ । गत आर्थिक वर्षमा दुई वटा पुल निर्माण गरेको यस नगरपालिकाले यो वर्ष थप तीन प...

बजेट विनियोजनको विवरण माग

हेटौंडा । वाग्मती प्रदेशसभाको प्रदेश मामिला समितिले प्रदेश सरकारलाई आगामी आव ०७८/७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विव...

बेपत्ता शिक्षकको खोजी र दोषीलाई कारबाहीको माग

म्याग्दी । विभिन्न सङ्घ, सङ्गठनले रहस्यमयरूपमा बेपत्ता बनाइएका जिल्लाको बेनी नगरपालिका–५ बगुवाखोलाका शिक्षक भक्त कार्कीको खोजी गरी दोषीलाई कारबाहीको म...

संविधान र लोकतन्त्रलाई ट्र्याकमा ल्याउन सबैले आ–आफ्नो धर्म निर्वाह गरौं : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान र लोकतन्त्रलाई ट्र्याकमा ल्याउन राजनीतिक दल, अदालत र नागरिकहरुले आ–आफ्नो धर्म निर्वाह गर्न...

संसद विघटन विरुद्ध मुद्दामा आजबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्चमा परेको मुद्दामा आजबाट सवैधानिक इजलासमा निरन्तर सुनुवाई हुँदैछ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy