चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरेको छ । पहिलो चरणमा जारी गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदै छ । बैशाख १५ गतेदेखि लागू गरिएको निषेधाज्ञा अवधिमा जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा नआएपछि थप निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णयअनुसार निषेधाज्ञाको समय थप गरिएको जनाइएको छ । पहिलो चरणको निषेधाज्ञाले कोरोना सङ्क्रमणको फैलावट कम गर्न केही सहयोग गरेको निष्कर्षसहित थप दुई साता निषेधाज्ञा थप्ने निर्णयमा पुगेको जानकारी लामिछानेले दिए ।
जारी आदेश अनुसार निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक कोही व्यक्ति घरबाट ननिस्कने तथा हिँडडुल नगर्ने, अत्यावश्यक काममा हिँड्नुपर्ने भएमा मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने र तोकिएको जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उल्लेख गरिएको छ । यस्तै, सभा, समारोह, भेज भत्तेर, रात्रिकालिन व्यवसाय, सभाहल, लोकदोहोरी, हेटेल व्यवसाय तथा मानिस भिडभाड हुने सम्पूर्ण क्षेत्रलाई निषेध गरिएको छ ।
यस्तै अत्यावश्यक बाहेक सार्वजनिक तथा निजी सवारी साधनलाई रोक लगाइएको छ । साथै कुनै चाड पर्व, घरमा हुने शुभकार्यमा १० जना र मृत्यु संस्कारमा १५ जना भन्दा बढी सहभागि हुन नपाउने आदेशमा उल्लेख गरिएको छ । अत्यावश्य कार्य, एम्बुलेन्स, शव बहान, दुध तथा खाध्य प्रदार्थ बोकेको गाडिलाई आवत जावतमा रोक नलगाएपनि अन्य उपभोग्य पसल व्यवसाय सञ्चालन बिहान ६ बजेदेखि ९ बजेसम्म गर्न पाइने आदेशमा उल्लेख छ ।
यस्तै स्वास्थ्य मापदण्ड पुरा गरी सिमित कर्मचारी राखेर बाणिज्य बैंक बाहेक अन्य वित्तिय तथा कार्यलय खोल्न रोक लगाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - ०८:४०
काठमाडौं । उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको राष्ट्रिय ध्वजावाहक साटेनाले पुष्टि गरेक...
माघ १६ गते, २०८२ - ०८:३१
तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थाप...
माघ १६ गते, २०८२ - ०८:२५
चितवन । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द...
माघ १६ गते, २०८२ - ०७:५०
मुस्ताङ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ। माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको ह...
माघ १६ गते, २०८२ - ०७:४६
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरू संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्। काठमाडौंमा उपलब्ध ...
माघ १६ गते, २०८२ - ०७:४१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीले आसन्न फागुन २१ मा हुने न...
माघ १६ गते, २०८२ - ०७:२३
जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा न...
माघ १६ गते, २०८२ - ०७:१८
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर ...
माघ १६ गते, २०८२ - ०७:१४
कास्की । कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ । सात तालको वाटिका शह...
माघ १६ गते, २०८२ - ०७:११
सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भा...




प्रतिकृया लेख्नुहोस्: