Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

नेपालमा कोरोनासंग जुध्न बेलायतमा रहेका नेपाली एकजुट

रासस

काठमाडौं । गैरआवसीय नेपाली युकेले नेपालमा बढ्दै गइरहेको कोरोनाको नियन्त्रण र रोकथामका लागि बेलायतबाट सक्दो सहयोग गर्न यहाँका नेपालीहरूलाई  एकजुट गराउने कामको थालनी गरेको छ । एनआरएनए युकेकी अध्यक्ष श्रीमती पुन गुरुङको सक्रियतामा बुधबार लण्डनस्थित नेपाली दूतावास, एनआरएनए युकेको संरक्षक परिषद् र बेलायतका विभिन्न स्थानीय तहमा निर्वाचित नेपालीमूलका मेयर, उपमेयर, काउन्सिलरसहितका प्रतिनिधिबीच गम्भीर छलफल भएको छ ।

उक्त छलफल खासगरी नेपालमा बेलायतबाट के–कस्तो सहयोग गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको अध्यक्ष गुरुङले बताउनुभयो । बेलायतमा धेरै नेपाली सङ्घसंस्था रहेको र ती संस्थाले एकमुष्ट सहयोग गर्न सके नेपालमा केही राहत हुने देखिएकाले अब छिट्टै सबै नेपाली समुदायलाई एकजुट गराई सकेको सहयोग गरिने गैरआवासीय नेपाली युकेका महासचिव फणिन्द्र भट्टराईले बताए ।

यसका साथै बेलायतको राजनीतिमा बढ्दै गइरहेका नेपालीमूलका नेपालीको पहुँच र पहलबाट पनि नेपालमा थप केही सहयोग हुने भएकाले नेपालीमूलका स्थानीय जनप्रतिनिको समेत बैठकमा उपस्थिति रहेको गैरआवासीय नेपाली युकेका पूर्वअध्यक्ष एवं समाजसेवी सूर्य गुरूङले बताए ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायत सरकारसँग नेपाल सरकारको प्रतिनिधिका रूपमा आफूले कोरोनाको खोपको माग गरिसकेको र उच्च तहबाट  सकारात्मक प्रतिक्रिया आएको बताए । बेलायतको नेपाली समुदायबाट आइसीयू, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर, टेस्ट कीटजस्ता अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल सरकारलाई उपलब्ध गराउन सके प्रभावकारी हुने राजदूत रेग्मीको भनाइ थियो । साथै यहाँको नेपाली समुदायले गरेको सहयोग सम्बन्धित ठाउँमा पु¥याउन दूतावास सदैव तयार रहेकोसमेत उनले बताए ।

कार्यक्रममा एनआरएनए युके पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डम्मर घले, संरक्षक सूर्य गुरुङ, संरक्षक तथा आइसिसी सल्लाहकार कुल आचार्य र निर्वतमान अध्यक्ष योगकुमार फगामीले दूतावास र एनआरएन मिलेर नेपालको सहयोगमा जुटाए राम्रो हुने बताए । कार्यक्रममा बेलायतमा नवनियुक्त एवं पूर्वकाउन्सिलरहरु जीव बेल्वासे, नेम थापा, डा जगन्नाथ शर्मा प्रवेश केसी, नवीन सेवा, दिनेश खड्का, डेपुटी मेयर लक्ष गुरुङ र नवनिर्वाचित मेयर विष्णुबहादुर गुरुङले आ–आफ्नो धारणा राखेका थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: