कर्णाली । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् फेरबदल भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज नयाँ तीन मन्त्री नियुक्त गरेका हुन् ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् फेरबदल गरेका छन् । कर्णाली प्रदेशसभाबाट विश्वासको मत पाएको झण्डै एक महिना पुग्न लाग्दा शाहीले मन्त्रिपरिषद् फेरबदल गरेका हुन् ।
आर्थिक मामिला तथा योजनामन्त्रीमा रुकुमपश्चिमबाट निर्वार्चित सांसद गोपाल शर्मा र आन्तरिक मामिला तथा योजनामन्त्रीमा सुर्खेतबाट निर्वाचित सांसद विन्दमान विष्ट र भौतिक विकास मन्त्रालय फुटाएर जलश्रोतमन्त्रीमा सीता नेपालीलाई नियुक्त गरेको माओवादीका एक सांसदले जानकारी दिए । उनीहरू तीन जना नै माओवादी केन्द्रका हुन् ।
आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तिरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले राजीनामा दिएका छन् । उनीहरूले राजीनामा दिए पनि औपचारिक रूपमा जानकारी भने दिइएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - २१:३८
नेताहरू छिन्नभिन्न हुँदा मतदाता तितरबितर !
माघ १७ गते, २०८२ - २१:१६
जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र द...
माघ १७ गते, २०८२ - २०:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने...
माघ १७ गते, २०८२ - २०:३८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व अभिव्यक्तिका कारण विवादमा तानिएका आफ्ना उम्मेदवार खगेन्द्र सुनारलाई औपचारिक रूपमा सचेत गराएको...
माघ १७ गते, २०८२ - २०:३६
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा श्रीमान्ले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। घटनापछि ३० वर्षीय विनोद ता...
माघ १७ गते, २०८२ - १९:०५
सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...
माघ १७ गते, २०८२ - १९:०२
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...
माघ १७ गते, २०८२ - १९:००
काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...
माघ १७ गते, २०८२ - १८:५२
सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...
माघ १७ गते, २०८२ - १८:४९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...



प्रतिकृया लेख्नुहोस्: