Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

यसकारण नहुन सक्छ भोट हाल्‍न नआएका एमाले सांसदलाई कारबाही

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत हाल्न नजाने एमालेका सांसदहरुलाई अब के हुन्छ भन्‍ने सबैको चासो छ । आज प्रतिनिधि सभाको विशेष अधिवेशनमा माधव नेपाल-झलनाथ खनाल पक्षका २८ जना सांसद अनुपस्थित भए ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले ह्वीप नमान्‍ने सांसदलाई पार्टी विभाजन रोक्‍न कारबाही नहुन पनि सक्‍ने बताए । उनले भने ‘पार्टी विभाजित नहोस् भन्ने चाहेका छौँ । पार्टी विभाजन रोक्नुपर्छ भन्‍ने प्रयासस्वरुप कारबाही नहुन पनि सक्छ, अब पार्टीले कस्तो निर्णय गर्छ हेरौं ।’

झलनाथ खनाल-माधवकुमार नेपाल समूहका २८ सांसद भोट हाल्‍न नआएका हुन् । ओलीसँगको विवादको कारण उनीहरू भोट हाल्‍न नआएका हुन् । आज विहान खनाल-नेपाल समूहका सांसदले मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेका थिए ।

आज सदनमा २३२ सांसद उपस्थित थिए । जसमा ओलीको पक्षमा ९३ मत खसेको थियो भने विपक्षमा १२४ मत खस्यो । त्यस्तै जसपाका अध्यक्ष महन्थ ठाकुर समूहका १५ सांसद तठस्थ बसे भने उपेन्द्र यादव-डा. बाबुराम भट्टराई समूहका सांसदले ओलीको विपक्षमा मतदान गरे ।


 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१२५ घर खरानी बनाएर ६ घण्टापछि नियन्त्रणमा आयो मटिहानीको आगाे

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवागाछी भगवती टोलमा लागेको आगलागी ६ घण्टापछि नियन्त्रणमा आएको छ । दिउँसो १ बजे सल्किएको आगाे केहीबेर अगाड...

निरंकारी मण्डलको शिविर, मानव एकता दिवसमा रक्तदान

सल्यान। मानव एकता दिवसको अवसरमा सल्यानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सन्त निरंकारी मण्डल नेपाल सल्यान शाखाको आयोजनामा जिल्लाको कालिमाटी गाउँपाल...

कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ : मन्त्री बस्नेत

काठमाडौैं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमण...

स्वर्गिय साहित्कार तथा शिक्षाविद् राजवंशीको तेस्रो स्मृति दिवस सम्पन्न

कठमाडौं । बरिष्ट साहित्कार तथा शिक्षाविद् स्व.लक्ष्मण राजवंशीको तेस्रो स्मृति दिवस एक श्रद्धाञ्जली सभाको कार्यक्रम गरी सम्पन्न भएको छ ।  नेपाल भाषा...

दीपेन्द्र सिंह ऐरीको जर्सी अमेरिकामा १ हजार ५० डलर मूल्यमा विक्री

काठमाडौं  ।  नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी अमेरिकामा सबैभन्दा बढी मुल्यमा विक्री भएको छ ।  अमेरिकास्थित नेपाली संघसस्थाले आयोज...

महोत्तरीमा लागेको आगो अझैं नियन्त्रण बाहिर, सयौं घर जलेर नष्ट

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं ६ स्थित जरलहवा गाछीमा भिषण आगलागी भएको छ । दिउँसाे २ बजेवाट सुरु भएको आगलागी अझै नियन्त्रण बाहिर रहेक...

पूर्वपश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु

झपा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका–४ का तीन युवकको मृत्यु...

चेम्बर अफ कमर्सका २४ वटा समितिको नेतृत्व चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरुको नेतृत्व चयन भएको छ । चेम्बर अन्तरर्गतका २४ वटा विभागको सभापति चयन भएको हो ।  विपद व्यवस्थापन प...

नेपालमा पार्किन्सन रोगका कारण वार्षिक ७००को मृत्यु

पार्किन्सन रोगबारे जनचेतना जगाउन नेपालसहित विश्वभर अफ्रिल ११ लाई विश्व पार्किन्सन दिवसका रुपमा मनाईने गरिन्छ । उक्त दिवसमा रोगबारे सचेत गराउनका साथै...

दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ को दोस्रो चरणको पोस्टर सार्वजनिक

काठमाडौं। अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको फिल्म ‘घरज्वाइँ’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । सार्बजनिक पोस्टरले फिल्म ग्रामीण ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies