Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

उपनिर्वाचन : बादलको बोली कति झुट कति सत्य ? हेर्नुहोस् अंकगणित

खबरडबली संवाददाता

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रिय सभा उपनिर्वाचनमा उम्मेद्‍वारी दर्ता गरेलगत्तै आफ्नो जित सुनिश्‍चित भएको दाबी गरे । जेठ ६ गते बागमती प्रदेशमा हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा उम्मेद्‍वारी दर्ता गर्दै बादलले ५ हजार १ सय ३० मत रहेको भन्‍दै आफ्नो जित सुनिश्चित भएको दाबी गरे ।

बादल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका उम्‍मेद्‍वार हुन् । उनीसँग अर्का हेवीवेट उम्‍मेद्‍वार छन् खिमलाल देवकोटा । देवकोटा नेकपा एमालेकै माधवकुमार नेपाल समूहका हुन् । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेपाल समूहको साथ छ ।

यस्तो छ अंकगणित
बागमतीको १३ जिल्लामा ११० प्रदेश सभा सदस्य छन् । ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जना छन् । प्रदेश सभा, स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३४८ मतदाता छन् ।

प्रदेशसभाका एक जना सदस्यको ४८ मतभार गणना हुन्छ । जसअन्तर्गत प्रदेश सभा सदस्यमा एमाले ओली समूहका ३५ सदस्य छन् भने नेपाल समूहबाट २२ सदस्य छन् । प्रदेश सभामा ओली समूहको १ हजार ६ सय ८० मतभार हुनेछ भने नेपाल समूहको १ हजार ५६ मत भार हुन्छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रको २३ प्रदेश सभा सदस्य छन् । माओवादीको १ हजार १ सय ४ मतभार हुनेछ । त्यस्तै नेपाली कांग्रेसको २२ प्रदेश सभा सदस्य छन् । कांग्रेसको १ हजार ५६ मत भार हुन्छ । त्यस्तै विवेकशील साझा पार्टीका ३ प्रदेश सभा सदस्य छन् जसको मतभार १ सय ४४ हुनेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २/२ प्रदेश सभा सदस्य छन् जसको मत भार ९६/९६ हुनेछ । त्यस्तै जनता समाजवादी पार्टीबाट निर्वाचित १ प्रदेशसभा सदस्य छन् जसको मतभार ४८ छ ।

कांग्रेस, माओवादी र नेपाल समूहको गठबन्धन भएकाले प्रदेश सभामा देवकोटाको ३ हजार २ सय २४ मत रहेको छ । त्यस्तै बादलको १ हजार ६ सय ८० मतभार हुनेछ ।

त्यस्तै स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ । स्थानीय तहमा ओली समूहको ८५ प्रमुख/उप्रमुख छन् । जसको मतभार १ हजार ५ सय ३० छ । नेपाल समूह ३८ प्रमुख/उप्रमुख छन् । जसको मतभार ६ सय ८४ हुनेछ । केन्द्रमा ओली र नेपाल समूहबीच तीब्र विवाद चर्किँदा स्थानीय तहमा एमालेका १० प्रतिनिधि तठस्थ छन् ।

कांग्रेसको ६७ प्रमुख/उप्रमुख छन् । जसको मतभार १ हजार २ सय ६ मतभार हुनेछ । माओवादीको ३३ प्रमुख/उप्रमुख छन् । जसको मतभार ५ सय ९४ हुनेछ । त्यस्तै राप्रपा र नेमकिपा २/२ प्रमुख/उप्रमुख छन् । जसको मतभार ३६/३६ हुनेछ । त्यस्तै जसपाका १ छन् जसको मतभार १८ हुनेछ ।

स्थानीय तहमा ओली समूहको मतभार १ हजार ५ सय ३० छ । त्यस्तै कांग्रेस, माओवादी र नेपाल समूहको गठबन्धनको २ हजार ५ सय ७४ मतभार हुनेछ ।

ओली समूहका उम्‍मेद्‍वार बादलको प्रदेश सभामा १ हजार ६ सय ८० र स्थानीय तहमा १ हजार ५ सय ३० गरी ३ हजार २ सय १० मतभार हुनेछ । त्यस्तै कांग्रेस, माओवादी र नेपाल समूहको गठबन्धन उम्‍मेद्‍वार देवकोटाको प्रदेश सभामा ३ हजार २ सय २४ र स्थानीय तहमा २ हजार ५ सय ७४ मतभार गरी ५ हजार ७ सय ९८ मतभार रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेतृत्वको कमजोर प्रवृत्तिका कारण थारू मतदातामा वितृष्णा

नेताहरू छिन्नभिन्न हुँदा मतदाता तितरबितर !

धनुषाका गाउँमा चुनावी रौनक नहुँदा मतदातामा निराशा र आक्रोश

जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र द...

स्वच्छ चुनाव भयो भने नेकपा पहिलो पार्टी बन्छः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने...

‘गाई काट्ने’ अभिव्यक्तिमा विवाद : खगेन्द्र सुनारलाई रास्वपाको चेतावनी, सार्वजनिक रूपमा क्षमायाचना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व अभिव्यक्तिका कारण विवादमा तानिएका आफ्ना उम्मेदवार खगेन्द्र सुनारलाई औपचारिक रूपमा सचेत गराएको...

चिर्पट प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान्ले गरे प्रहरीसमक्ष आत्मसमर्पण

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा श्रीमान्ले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। घटनापछि ३० वर्षीय विनोद ता...

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको हत्या

सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...

तीन जनाको हत्या आराेपमा पक्राउ परेका सार्वजनिक

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...

पतिको यौन हिंसाले च्यातियो मलद्वारको स्पिङ्क्टर, दुई वर्षको यातनापछि शान्ताको शल्यक्रिया, जीवन–मरणको लडाइँ

काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...

सर्लाहीमा हात्तीपाइलेको खतराः १२ पालिकामा सक्रिय सङ्क्रमण, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै

सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...

गुट अन्त्यको सन्देश दिँदै गगन थापाले भनेः ‘कांग्रेस अब एकै स्वरमा अघि बढ्छ’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending