काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रिय सभा उपनिर्वाचनमा उम्मेद्वारी दर्ता गरेलगत्तै आफ्नो जित सुनिश्चित भएको दाबी गरे । जेठ ६ गते बागमती प्रदेशमा हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा उम्मेद्वारी दर्ता गर्दै बादलले ५ हजार १ सय ३० मत रहेको भन्दै आफ्नो जित सुनिश्चित भएको दाबी गरे ।
बादल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका उम्मेद्वार हुन् । उनीसँग अर्का हेवीवेट उम्मेद्वार छन् खिमलाल देवकोटा । देवकोटा नेकपा एमालेकै माधवकुमार नेपाल समूहका हुन् । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेपाल समूहको साथ छ ।
यस्तो छ अंकगणित
बागमतीको १३ जिल्लामा ११० प्रदेश सभा सदस्य छन् । ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जना छन् । प्रदेश सभा, स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३४८ मतदाता छन् ।
प्रदेशसभाका एक जना सदस्यको ४८ मतभार गणना हुन्छ । जसअन्तर्गत प्रदेश सभा सदस्यमा एमाले ओली समूहका ३५ सदस्य छन् भने नेपाल समूहबाट २२ सदस्य छन् । प्रदेश सभामा ओली समूहको १ हजार ६ सय ८० मतभार हुनेछ भने नेपाल समूहको १ हजार ५६ मत भार हुन्छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रको २३ प्रदेश सभा सदस्य छन् । माओवादीको १ हजार १ सय ४ मतभार हुनेछ । त्यस्तै नेपाली कांग्रेसको २२ प्रदेश सभा सदस्य छन् । कांग्रेसको १ हजार ५६ मत भार हुन्छ । त्यस्तै विवेकशील साझा पार्टीका ३ प्रदेश सभा सदस्य छन् जसको मतभार १ सय ४४ हुनेछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २/२ प्रदेश सभा सदस्य छन् जसको मत भार ९६/९६ हुनेछ । त्यस्तै जनता समाजवादी पार्टीबाट निर्वाचित १ प्रदेशसभा सदस्य छन् जसको मतभार ४८ छ ।
कांग्रेस, माओवादी र नेपाल समूहको गठबन्धन भएकाले प्रदेश सभामा देवकोटाको ३ हजार २ सय २४ मत रहेको छ । त्यस्तै बादलको १ हजार ६ सय ८० मतभार हुनेछ ।
त्यस्तै स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ । स्थानीय तहमा ओली समूहको ८५ प्रमुख/उप्रमुख छन् । जसको मतभार १ हजार ५ सय ३० छ । नेपाल समूह ३८ प्रमुख/उप्रमुख छन् । जसको मतभार ६ सय ८४ हुनेछ । केन्द्रमा ओली र नेपाल समूहबीच तीब्र विवाद चर्किँदा स्थानीय तहमा एमालेका १० प्रतिनिधि तठस्थ छन् ।
कांग्रेसको ६७ प्रमुख/उप्रमुख छन् । जसको मतभार १ हजार २ सय ६ मतभार हुनेछ । माओवादीको ३३ प्रमुख/उप्रमुख छन् । जसको मतभार ५ सय ९४ हुनेछ । त्यस्तै राप्रपा र नेमकिपा २/२ प्रमुख/उप्रमुख छन् । जसको मतभार ३६/३६ हुनेछ । त्यस्तै जसपाका १ छन् जसको मतभार १८ हुनेछ ।
स्थानीय तहमा ओली समूहको मतभार १ हजार ५ सय ३० छ । त्यस्तै कांग्रेस, माओवादी र नेपाल समूहको गठबन्धनको २ हजार ५ सय ७४ मतभार हुनेछ ।
ओली समूहका उम्मेद्वार बादलको प्रदेश सभामा १ हजार ६ सय ८० र स्थानीय तहमा १ हजार ५ सय ३० गरी ३ हजार २ सय १० मतभार हुनेछ । त्यस्तै कांग्रेस, माओवादी र नेपाल समूहको गठबन्धन उम्मेद्वार देवकोटाको प्रदेश सभामा ३ हजार २ सय २४ र स्थानीय तहमा २ हजार ५ सय ७४ मतभार गरी ५ हजार ७ सय ९८ मतभार रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: