काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले पार्टी अध्यक्ष ओलीसँग कुनै सहमति नभएको प्रष्टिकरण दिएका छन् । पार्टी एकताको लागि आफुले हदैसम्म लचकता अपनाए पनि अहिलेसम्म अध्यक्ष ओलीसंग कुनै सहमति नभएकोले भ्रममा नपर्न उनले आग्रह गरेका हुन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिदै उनले लेखेका छन्, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन ।’ नेता नेपालले सहमति र पार्टी एकताको लागि २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन अगाडि सारेका छन् । यस्तै यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन नेता नेपालले आह्वान गरेका छन् ।
बैशाख ८ र ९ गते भएको ओली र नेपालबीच वान टु वान वार्तामा कुनै प्रगति नभएपछि त्यस यता दुई नेताबीच कुनै संवाद भएको छैन । बिहीबार नेता नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट वार्ता गरेका थिए । प्रधानमन्त्री ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक सम्पन्न भए लगत्तै राष्ट्रपति भण्डारीसंग भेट गरेका थिए ।
राति माधव समूहका नेता घनश्याम भुसाल र योगेश भट्टराईसंग तीन घण्टा भेटवार्ता गरेका थिए । अध्यक्ष ओलीसंगको भेटमा कुनै प्रगति हुन नसकेको नेता भुसालले बताएका छन् । प्रधानमन्त्री ओलीले बैशाख २७ गते संसदबाट विश्वासको मत लिनु अधिनै कुनै सहमति नभए माधव समूहका सांसदहरुले सामूहिक राजिनामा दिने निष्कर्ष निकालेका छन् । माधव समूहले विपक्षी गठबन्धनसंग मिलेर राष्ट्रिय सभामा डाक्टर खेमलाल देवकोटलाई उम्मेद्वार बनाएपछि अध्यक्ष ओली झस्किएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: