बाँके । पछिल्लो १२ घण्टाकोबीचमा बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार साँझ सवा ६ बजेदेखि बिहीबार बिहान ७ बजेसम्ममा १० जनाको मृत्यु भएको हो जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । केन्द्रले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ९ जना बाँके र एकजना जाजरकोटका रहेका छन् ।
मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका भित्रका विभिन्न वडाका ८ पुरुष र एक महिला रहेका छन् । यसैगरी, भेरी नगरपालिका जाजरकोटकी ४३ वर्षीया महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्ष देखि ७८ वर्ष उमेर समूहका रहेका छन् ।
यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५७ जना पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका १ सय २७ जनाको मृत्यु भइसकेको छ ।
प्रतिकृया लेख्नुहोस्: