चितवन । चितवनको माडीमा एकजना कोरोना संक्रमित युवकले झुण्डिएर आत्महत्या गरेका छन् ।
माडी नगरपालिका वडा नं. ३ बगैचा टोलका ३५ वरषीय युवकले गएराति घर पछाडिको गोठमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
वैशाख १२ गते भारतमा भएको भान्जीको बिहेमा सहभागी भएर १३ गते माडी फर्किएका उनमा तीन दिन अगाडि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई गोठमा आइसोलेनसमा राखिएको थियो ।
घटनाबारे जानकारी पाएपछि अहिले इलाका प्रहरी कार्यालयका प्रमुख सहितका टोली घटनास्थल पुगेका छन् ।
प्रतिकृया लेख्नुहोस्: