प्रधानमन्त्री ओलीबाट हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउन सबै राजनीतिक दल निष्कर्षमा पुग्नै पर्ने हुन्छ ।
प्रधानमन्त्री ओली विधि, पद्धति, संविधानलाई सिध्याउने हिसावमा जादै हुनुहुन्छ । यस्तो महामारीको समयमा ओलीले प्रतिपक्ष लगायत अन्य दललाई पनि संगै लिएर जानु पथ्र्यो । त्यसको विपरीत उहाँ दल फुटाउने, नचाहिदो उपद्रो गर्ने, पार्टी, सिद्धान्तलाई ध्वस्त गर्ने, मुलुकमा अराजकता सिर्जना गरी सत्ता कब्जा गर्ने मिसनमा हुनुहुन्छ । उहाँले बोलाएको संसदको विशेष अधिवेशनले मुलुकलाई निकास दिने होइन कुनै अप्रिय निर्णय लिन बोलाएको हुन सक्छ ।
यस्तो गम्भिर अवस्थामा एमाले भित्र माधव समूहको भूमिका कस्तो रहन्छ भन्ने अनुमान गर्न नसकिए पनि प्रतिपक्ष दल नेपाली कांग्रेस, माओवादी र जसपा यी तीन दल एक ठाउँमा उभिएर संस्थागत निर्णय गर्ने हो भने गणितीय हिसाबले अझै सहज छ । प्रधानमन्त्री ओलीबाट हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउन सबै राजनीतिक दल निष्कर्षमा पुग्नै पर्ने हुन्छ ।
प्रधानमन्त्री ओली चुनावबाट मुलुकलाई सहज निकास दिन होइन । उहाँको भित्री चाहना सत्ता लम्ब्याउने, षड्यन्त्र गर्ने, दलहरुलाई फुटाउने जस्ता अशोभनीय क्रियाकलापमा तल्लिन छन् । त्यसको लागि उहाँलाई सत्ता चाहिएको छ । त्यसैलाई बचाउन उहाँ विभिन्न तानबाना बुनिरहनुभएको छ । कसैले विशेष अधिवेशन माग नगरेको बेलामा एकाएक विशेष अधिवेशन बोलाएर विश्वासको मत लिन्छु भन्नुको भित्रि उदेश्य सकेसम्म उनको आफ्नै सरकारलाई निरन्तरता दिने नसके आफु अनुकुल राष्ट्रपतिलाई प्रयोग गरेर कुनै अप्रिय निर्णय लिने रणनीतिमा उहाँ भएको प्रष्ट हुन्छ ।
यो संकटपूर्ण निर्णायक घडिमा अरुलाई दोष दिएर होइन अब प्रतिपक्षमा रहेका दलहरुले गम्भिर समिक्षा गरेर जनतामा देखिएको वितृष्णा समेतलाई ध्यान दिएर दलहरुले मुलुकलाई एउटा निकास दिनुपर्छ ।
प्रधनमन्त्रीको अहिलेको षड्यन्त्रपूर्ण चालबाजी हेर्दा उहाँ देशमा अस्थिरता मच्चाएर संकटकाल लगाउने, संविधान, संघीयता, संवैधानिक अंगहरुलाई समाप्त पार्ने कुनै अप्रिय निर्णय लिन उद्धत देखिन्छन् । त्यसमा प्रतिपक्षमा रहेका सबै दलहरु सचेत हुनु जरुरी छ ।
(पौडेल नेकपा माओवादी केन्द्रका स्थायी समितिका सदस्य हुन्)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...




प्रतिकृया लेख्नुहोस्: