Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

ओली व्यवस्था उल्ट्याउने षड्यन्त्रमा छन्, यसलाई रोक्नुपर्छ 

धनराज गुरुङ

प्रतिपक्ष दलले वास्तविकतालाई बुझेर कदम चाल्न सक्यो भने सम्भावित दुर्घटनामा रोक्न र ओलीको मिसन फेल गराउन सकिन्छ । 

प्रधानमन्त्रीले अचानक संसदबाट विश्वासको मत लिने घोषणा गरेका छन् । यसमा दुई वटा स्वार्थ लुकेको देखिन्छ । एक त आफ्नै पार्टी भित्र विरोधी खेमालाई निष्कासन गर्न संसद सजिलो हतियार बन्न सक्छ । किनकी संसदबाट विश्वासको मत पाउनेमा प्रधानमन्त्री आफैलाई विश्वास छैन । त्यसमा सबैभन्दा ठुलो डर आफ्नै पार्टीभित्र माधव पक्षबाट उहाँलाई छ ।  उहाँले संसदबाट विश्वासको मत लिने नाममा माधव समूहको सांसदलाई सामुहिक राजिनामा गराउन बाध्य बनाउने या व्हीप उलङ्घनको नाममा किनारा  लगाउने उदेश्य रहेकोछ । त्यही उदेश्यका साथ पार्टीभित्र विपक्षमा रहेका ३० जनालाई सांसदलाई कारवाही गर्न स्पष्टिकरणको फाइल लिएर बस्नु भएको छ । 

दोस्रो, संसदबाट विश्वासको मत नपाए अल्पमतको सरकार बनाएर जर्वजस्ति चुनावमा धकेल्ने उदेश्य रहेको छ । ओलीलाई लागेको छ कि मेरो पक्षमा देशभर माहोल छ । त्यसको लागि जनतालाई उडन्ते गफ गरेर दिग्भ्रमित बनाउन सक्छु भन्ने आत्मविश्वास देखिन्छ । त्यसको तयारी स्वरुप पपुलिस्ट बजेट ल्याउने, हिन्दूहरुको सहानुभूति बटुल्ने मिसनमा रहेका छन् । 

प्रधानमन्त्री ओली कम्बोडियाको मोडालिटीमा लाग्नुभएको छ । यसरी हेर्दा प्रधानमन्त्री ओली देशलाई अझै गम्भिर मोडतिर धकेल्ने काममा लाग्नु भएको छ । उहाँले व्यक्तिगत महत्कांक्षाका साथमा काम गरिरहनुभएको छ । यसमा प्रतिपक्ष दलले गम्भिर भएर कदम चाल्नुपर्ने अवस्था देखियो । प्रतिपक्ष दलले वास्तविकतालाई बुझेर कदम चाल्न सक्यो भने सम्भावित दुर्घटनामा रोक्न र ओलीको मिसन फेल गराउन सकिन्छ । 

यदि ओलीको मिसन पुरा भयो र प्रतिपक्ष पनि साक्षि किनारा भएर बस्ने अवस्था आयो भने जनातामा आक्रोस बढ्नेछ । त्यो आक्रोसको आँधिव्यहोरीले न सत्तापक्ष न प्रतिपक्ष कोही पनि नरहने अवस्था आउन सक्छ । 

(गुरुङ नेपाली कांग्रेसका नेता हुन्)

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies