बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रहरी र प्रदेश सभा सदस्यहरुबीच झडप भएपछि घाइते नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले प्रतिक्रिया दिएकी छिन् । मुख्यमन्त्री शंकर पोखरेललाई शपथ खुवाउन निस्केका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बाटो छेक्दा क्षेत्रीलगायत अन्य सांसद घाइते भएका थिए ।
महिला प्रहरी पठाउनुस् भन्दा प्रहरीले नमानेको क्षेत्रीले बताएकी छन् । उनले न्यायको लागि कहाँ जानुपर्छ आफू जान तयार रहेको बताएकी छन् । ‘प्रदेश प्रमुख बाहिर जाने बेलामा महिला प्रहरी पठाउनुस भन्दाभन्दै डिआइजी आएर पहिले म माथि आक्रमण गर्न थाल्नु भयो त्यसपछि सबै प्रहरी आएर टिपेर फाल्नु भयो,’ कांग्रेस सचेतक क्षेत्रीले भनिन्, ‘यस्तो आक्रमण म माथि गरियो ।'
मुख्यमन्त्री पोखरेललाई शपथ खुवाउन भन्दै निस्कन लागेका प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रदेश सभा सदस्यहरुले घेरा हालेर छेकेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेललाई शपथ नखुवाउन माग गर्दै एमाले बाहेक दलका सांसदहरु दिउँसैदेखि प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।
विवादकै बीच पोखरेलले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले धर्ना बसेका विपक्षी सांसदहरुको घेरो तोडेर मुख्यमन्त्रीको कार्यालय पुगेर सपथ गराएका थिए ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएपछि आज बिहान मात्रै मुख्यमन्त्री पदबाट राजीनामा दिएका पोखरेल संविधानको धारा १६८ (१) बमोजिम पुन: मुख्यमन्त्री बनेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - २१:३८
नेताहरू छिन्नभिन्न हुँदा मतदाता तितरबितर !
माघ १७ गते, २०८२ - २१:१६
जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र द...
माघ १७ गते, २०८२ - २०:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने...
माघ १७ गते, २०८२ - २०:३८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व अभिव्यक्तिका कारण विवादमा तानिएका आफ्ना उम्मेदवार खगेन्द्र सुनारलाई औपचारिक रूपमा सचेत गराएको...
माघ १७ गते, २०८२ - २०:३६
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा श्रीमान्ले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। घटनापछि ३० वर्षीय विनोद ता...
माघ १७ गते, २०८२ - १९:०५
सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...
माघ १७ गते, २०८२ - १९:०२
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...
माघ १७ गते, २०८२ - १९:००
काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...
माघ १७ गते, २०८२ - १८:५२
सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...
माघ १७ गते, २०८२ - १८:४९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...




प्रतिकृया लेख्नुहोस्: