बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रहरी र प्रदेश सभा सदस्यहरुबीच झडप भएपछि घाइते नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले प्रतिक्रिया दिएकी छिन् । मुख्यमन्त्री शंकर पोखरेललाई शपथ खुवाउन निस्केका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बाटो छेक्दा क्षेत्रीलगायत अन्य सांसद घाइते भएका थिए ।
महिला प्रहरी पठाउनुस् भन्दा प्रहरीले नमानेको क्षेत्रीले बताएकी छन् । उनले न्यायको लागि कहाँ जानुपर्छ आफू जान तयार रहेको बताएकी छन् । ‘प्रदेश प्रमुख बाहिर जाने बेलामा महिला प्रहरी पठाउनुस भन्दाभन्दै डिआइजी आएर पहिले म माथि आक्रमण गर्न थाल्नु भयो त्यसपछि सबै प्रहरी आएर टिपेर फाल्नु भयो,’ कांग्रेस सचेतक क्षेत्रीले भनिन्, ‘यस्तो आक्रमण म माथि गरियो ।'
मुख्यमन्त्री पोखरेललाई शपथ खुवाउन भन्दै निस्कन लागेका प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रदेश सभा सदस्यहरुले घेरा हालेर छेकेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेललाई शपथ नखुवाउन माग गर्दै एमाले बाहेक दलका सांसदहरु दिउँसैदेखि प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।
विवादकै बीच पोखरेलले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले धर्ना बसेका विपक्षी सांसदहरुको घेरो तोडेर मुख्यमन्त्रीको कार्यालय पुगेर सपथ गराएका थिए ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएपछि आज बिहान मात्रै मुख्यमन्त्री पदबाट राजीनामा दिएका पोखरेल संविधानको धारा १६८ (१) बमोजिम पुन: मुख्यमन्त्री बनेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: