Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

धर्मको आवरणमा नास्तिकलाई काट्ने उद्घोष गर्ने कमलनयनाचार्यलाई के गर्छ राज्यले ?

\"kamal-nayanacharya\"११ साउन, काठमाडौं । धर्मका आडमा राजनीतिक दलका नेताहरुलाईसमेत प्रभावित गर्दै वन कब्जा गरेको आरोप खेप्दै आएका स्वामी कमलनयनाचार्यले फेरि अर्को विवादित र गम्भीर अभिव्यक्ति दिएका छन् । संविधान निर्माण गरी देशलाई नयाँ युगमा प्रवेश गराउने प्रयास भइरहेका बेला धर्मनिरपेक्षता वा धार्मिक स्वतन्त्रताक नाममा अतिवाद भित्र्याउन खोज्ने प्रयास भइरहेका उनै विवादित कमलनयानाचार्यले ‘धर्म नमान्नेहरुलाई हतियार प्रयोग गरेर लखेट्नुपर्ने’ विवादित र गम्भीर अभिव्यक्ति दिएका हुन् । स्वामी र अहिंसाका पुजारी दाबी गर्ने कमलनयनाचार्यले आइतबार विश्व हिन्दु महासंघले काठमाडौंमा गरेको कार्यक्रममा भने, ‘नास्तिककहरुलाई तरबार र हतियार लिएर लखेट्छौं ।’ राजनीतिक दलका नेताहरुको पहुँचमा धर्मका नाममा चितवन, भक्तपुरसहित स्थानमा भएका जंगल कब्जा गर्दै विवादित बनेका उनले आइतबार खुलमखुल्ला संगीन अभिव्यक्ति दिएपछि गम्भीर सवाल खडा भएको छ । धर्म मान्ने र आस्थावान हुन पाउने जस्तै नास्तिक हुन पाउने  इच्छा गर्नेविरुद्ध पनि हिंसामा उत्रने उनको अभिव्यक्तिपछि उनी अहिंसावादी स्वामी, धर्मगुरु भन्दा हिंसाका पक्षधर हुन् भन्ने देखाउँछ । उनको  कटु र हिंस्रक अभिव्यक्तिले ‘धर्ममा आस्था र विश्वास राख्दिन कर्ममा विश्वास राख्छु’ भन्नेलाई अपमान गरेका छन् । नपाउनेलाई उनको यो अभिव्यक्तिसँगै धर्मलाई आत्मसन्तुष्टी, आस्था, अनुशासन, विश्वासका रुपमा बुझ्ने हिन्दु धर्मकै पक्षपातिलाई समेत उनले हिस्रक बन्दै चिढ्याएका छन् । धर्मका नाममा राजनीतिक संरक्षणमा वन जंगल कब्जा गर्दै धर्मको नाममा व्यसाय संचालन गर्ने कमलनयनाचार्यले यस्तो अभिव्यक्ति दिंदै गर्दा उनी माथि निगरानी बढाउन पनि जरुरी छ । गृह प्रशासनले राज्य विप्लवको आरोपमा सिकेराउतलाई पक्राउपूर्जी जारी गर्ने र राजनीतिक कोर्षमा असहमति जनाउने माओवादीका विप्लवमाथि सुरक्षा निगरानी बढाइरहेको छ । तर, साधुको भेषमा  जंगल कब्जा गर्दै हिड्ने मिडियामा समाचार आएपछि सबैलाई तहलगाइदिन्छु भन्दै धर्मको नामको आडमा हिंसा फैलाउने र नेपाली समाजको सद्भाव विथोल्न खोज्ने कमलनयनाचार्यलाई राज्यले निगरानी बढाउनुपर्छ की पर्दैन ? कान्तिपुरजस्तो देशकै प्रतिष्ठित संचार माध्यमले उनै कमलनयनाचार्यले राजनीतिक पहुँचका भरमा जंगल कब्जा गरेको समाचारपछि उनको कर्तुत बाहिर आएको थियो । यसबाट अत्तालिएका उनले अर्को राष्ट्रिय दैनिक अन्नपूर्ण पोष्टमा धर्मयुद्धको उद्घोषभन्दै विज्ञापन नै छपाएका छन् । यसबाट पनि पुष्टी हुन्छ की उनले धर्मको आवरणमा दलदेखि मिडियासम्म प्रयोग गरेर आफ्नो कर्तुत छेक्न खोजेका छन् । उनको मिसन ठीक हो भने मिडियामा किन विज्ञापन गर्नुपर्यो ? अर्कोतिर आइतबार नै सोही कार्यक्रममा उनले राजनीतिक दलका नेताको पनि हुर्मत लिने काम गरे । ‘नेताहरुलाई मन्त्री र राज्यमन्त्री बन्न आफूकहाँ आउनुपर्ने’ तर मन्त्री चाँहिदा आएका नेताहरुलाई ‘अहिले किन धर्म नचाहिँने’ भन्दै दलहरुमाथि उनले प्रभाव भएको पनि पुष्टी गरिदिएका छन् । साथै, दलको शीर्ष तहमा आफ्नो पहुँच रहेको सन्देश पनि उनले ‘आफूले मन्त्री बनाएको’ अभिव्यक्तिबाट कुटनीतिक दबाब दिएका छन् । जिम्मेवार दलका नेतामाथि उनले नैतिक दबाब र प्रभाव रहेको खुलमखुल्ला अभिव्यक्ति दिंदा दलका नेताहरु बोल्नुपर्छ की पर्दैन ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies