रसुवा । धार्मिकयात्राका क्रममा गोसाइँकुण्ड जाने भक्तजनलाई भोजन र बासको शुल्कमा सरलीकृत पार्न नयाँ मूल्यदर कायम गरिएको छ । गोसाइँकुण्ड मार्गअन्तर्गत चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित होटल तथा लजका व्यवसायीले यात्रुसँग अप्रत्याशितरूपले चर्को शुल्क असुल गरेको भन्ने अधिकांश यात्रुबाट व्यापक गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाको पहलमा लाङटाङ राष्ट्रिय निकुञ्जमार्फत नयाँ मूल्यदर कायम भएको हो ।
खान र बस्नका लागि यसभन्दा अघि होटल तथा लज सञ्चालकले जे–जति शुल्क असुल गरे पनि अब उप्रान्त गोसाइँकुण्ड पुगेका तीर्थयात्रु वा पर्यटकले खानाको प्रतिछाक रु ५५० एवं सुतेको प्रतिबेड रु एक हजार शुल्क तिर्नुपर्ने नयाँ दर निर्धारण गरिएको छ ।
यसैगरी लौरीविनायकमा खानाको लागि प्रतिव्यक्ति प्रतिछाक दालभात तरकारीको रु ५०० र सुतेको रु ९०० एवं चोलाङपाटीमा प्रतिव्यक्ति खानाको रु ४५० एवं सुतेको रु ८०० दर निर्धारण भएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताए ।
उचाइ क्षेत्रमा सुरक्षाचौकी नभएको र होटल तथा लज सञ्चालकहरूले यात्रुबाट अप्रत्यासितरूपमा मनोमानी ढङ्गले शुल्क उठाउन थालेको जनगुनासो बढेपछि व्यवस्थापकीय कार्य गराउन नियमनकारी निकाय लाङटाङ राष्ट्रिय निकुञ्जलाई स्थानीय प्रशासनले आग्रह गरेपछि नयाँ मूल्यदर निर्धारण भएको हो ।
धार्मिक मार्गअन्तर्गत धुञ्चेको घट्टेखोला, खन्ती, देउराली, डिम्सासमेतका स्थानको खाने–बस्ने मूल्यदरसमेत निर्धारण गरिएको छ । निर्धारित दर निकुञ्जले प्रमाणित गरेकालाई मात्र मन्ने हुने भएकाले होटलमा टाँसिएको दरअनुसार मात्र शुल्क तिर्न सम्पूर्ण यात्रुलाई आग्रह गरिएको छ ।
खाने–बस्ने व्यवस्थापकीय कार्यअन्तर्गत धार्मिकमार्गका होटल तथा लज सञ्चालनको स्वीकृत दिने र अनुगमन गर्ने निकाय लाङटाङ राष्ट्रिय निकुञ्ज भएका कारण दर निर्धारणका साथै धार्मिकमार्ग व्यवस्थित, मर्यादित बनाउन उक्त कार्यालयलाई नै दर कायम गराउने जिम्मेवार बनाइएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए ।
पन्ध्र दिनको समयसीमा तोकी जिल्ला प्रशासन कार्यालय रसुवाले यही १७ गते गरेको आग्रहलाई तदारूकताका साथ लाङटाङ राष्ट्रिय निकुञ्जले कार्यान्वयन गरी १९ गते नै नयाँ दर कायम गराएको थियो । नयाँ दर होटलमा टाँसिने र त्यसका आधारमा मात्र यात्रुले शुल्क तिर्नसमेत निकुञ्जले आग्रह गरेको छ । निर्धारण भएको नयाँ दर कार्यान्वयनको चरणमा अगाडि बढिसकेको होटल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निशान उपनामले परिचित रामशरण गजुरेलले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: