Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

चामल माग्न दूधे बालक बोकेर बझाङबाट काठमाडौं

काठमाडौं। संघीय सरकारले पर्याप्त बजेट नदिएको भन्दै योजना माग्न जनप्रतिनिधि राजधानी आउनु नौलो होइन । तर बझाङका जनप्रतिनिधि जनतालाई खुवाउने खाद्यान्न नभएको भन्दै चामल माग्न काठमाडौं आएका छन् ।

आजको नागरिक दैनिकमा खबर छ - गाउँमा खाद्यान्न अभाव भएपछि चामल माग्न बझाङको साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पनादेवी बोहोरा दुई वर्षको दूधे बालक बोकेर राजधानी आएकी छन् । उनीसँगै चारजना वडाध्यक्ष पनि आएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकलाई बुधबार भेटेर ध्यानाकर्षण गराएका जनप्रतिनिधिले बिहीबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश पौडेललाई पनि भेटेर चामल पठाउन आग्रह गरे ।

गाउँमा खाद्यान्न उत्पादन नभएपछि जनता भोकभोकै हुने भएकाले चामल माग्न काठमाडौं आएको उपाध्यक्ष बोहोराले बताइन् । ‘गरिब जनताले छाक टार्न अन्न पाएनन्,’ बोहोराले भनिन्, ‘चामल पठाउन सरकारलाई गुहारेका छौं ।’

यो वर्ष खडेरीका कारण खाद्यान्न उत्पादन नभएको उनले बताइन् । ‘खडेरीले स्थानीय उत्पादन पनि भएन,’ उनले भनिन्, ‘चामल नपाए जनता भोकभोकै मर्ने अवस्था छ ।’ उच्च हिमाली क्षेत्र भएकाले साइपालमा गहुँ, जौ, फापर खेती हुन्छ । यो वर्ष खडेरीका कारण अधिकांश बारी बाँझै रहेको उनले बताइन् । ‘स्थानीय उत्पादनले दुई–तीन महिनालाई पनि खान पुग्दैन,’ बोहोराले भनिन्, ‘खाद्यको कोटा पनि थोरै भएकाले चामल अभाव भएको हो ।’

साइपालको जनसंख्या करिब ६ हजार छ । खाद्य कम्पनीले साइपालका लागि दुई हजार क्विन्टल चामलको कोटा निर्धारण गरेको छ । सरकारले दुर्गम जिल्लामा चामल ढुवानीमा अनुदान दिन्छ । कोटाको चामल सकिएकाले थप तीन हजार क्विन्टल चामल पठाउन अनुरोध गरेको उपाध्यक्ष बोहोराले बताइन् ।

खाद्यका सिइओ पौडेललाई भेटेका जनप्रतिनिधिले चामल पठाउने सुनिश्चित नहुँदासम्म घर नफर्किने बताए । रित्तै फर्किए जनताले घेराबन्दी गर्ने भएकाले चामल पठाउने निर्णय भएपछि मात्र घर फर्किने साइपाल गाउँपालिका–२ का वडाध्यक्ष हरिलाल बोहोराले बताए ।

‘चामल पठाउने निश्चित नहुँदासम्म गाउँ फर्किंदैनौं,’ वडाध्यक्ष बोहोराले भने, ‘चामल लैजान नसके गाउँमा भोकमरी लाग्छ ।’ साइपाल पुग्न बझाङ सदरमुकामबाट तीन दिन लाग्छ । निकै टाढा भएकाले निजी क्षेत्रले लगेको खाद्यान्न असाध्यै महँगो हुन्छ । सहज रूपमा चामल किन्न पनि नपाइने उनीहरू बताउँछन् । खाद्यले मोटा चामल प्रतिकिलो ५३ रूपैयाँमा बिक्री गर्छ ।

साइपालमा खाद्यको अस्थायी डिपो छ । बझाङमा खाद्यान्न अभाव भएको विषयमा जनप्रतिनिधिले लिखित आवेदन दिएको सिइओ पौडेलले बताए । ‘खाद्यान्न अपुग भएको विषयमा स्थानीय जनप्रतिनिधिले जानकारी गराउनु भएको छ,’ उनले भने, ‘यस विषयमा हामी गम्भीर छौं ।’ समस्या सम्बोधन गर्न गृहकार्य सुरु गरिसकेको र थप चामल पठाउन पहल गर्ने पौडेलले बताए । खाद्यको धनगढी डिपोबाट चामल पठाउने व्यवस्था मिलाउने आश्वासन पौडेलले दिएका छन् ।

बझाङबाट चामल माग्न काठमाडौं आएको जनप्रतिनिधि टोलीमा संविधानसभा सदस्य अफिलाल ओखेडा, साइपाल गाउँपालिका उपाध्यक्ष बोहोरासहित वडा नम्बर १ का वडाध्यक्ष गोपाल बोहोरा, वडा नम्बर २ का वडाध्यक्ष हरिलाल बोहोरा, वडा नम्बर ३ का वडाध्यक्ष जंगवीर बोहोरा, वडा नम्बर ४ का वडाध्यक्ष जैसिंङ बोहोरासहित छन् ।

साइपालस्थित खाद्यको अस्थायी डिपोलाई स्थायी गर्न पनि अनुरोध गरेको संविधानसभा सदस्य ओखेडाले बताए । हरेक वर्ष खाद्यान्न अभाव हुने भएकाले स्थायी डिपो राख्न आग्रह गरेको उनको भनाइ छ । ‘वर्षैपिच्छे चामल अभाव हुन्छ,’ उनले भने, ‘समस्याको स्थायी समाधान खोजिनु पर्छ ।’

खाद्य कम्पनीले खाद्यान्न अभाव हुने २३ जिल्लामा चामल ढुवानी गरेर बिक्री गर्दै आएको छ । सरकारले खाद्य कम्पनीलाई चामल ढुवानी गर्न यो वर्ष ४६ करोड रूपैयाँ अनुदान दिएको छ । दुर्गम जिल्लामा व्यापारीले लगेको चामल महँगो हुने भएकाले सरकारले ढुवानी भाडामा अनुदान दिएर खुला बजारमा भन्दा सस्तो मूल्यमा चामल बिक्री गर्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies