Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मेलम्ची खानेपानी आयोजना : दुई महिनाभित्र हेडबक्स

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मेलम्चीको पानी सुरुङमा पथान्तरण गर्नुअघि पानीको प्रारम्भिक प्रशोधनका लागि ’हेडबक्स’को निर्माण गरिँदैछ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - अहिले नदीको पानीलाई सीधै सुरुङमा हालिएको छ । हेडबक्स लगभग दुई महिनामा तयार हुनेछ । ‘हेडबक्स’ तयार नभए पनि चैत १५ देखि परीक्षणको काम भने जारी नै रहने छ । आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले डिसेम्बरमै ’हेडबक्स’ निर्माण सम्पन्न गर्ने अन्तिम समयावधि रहे पनि कोभिड–१९ को महामारीका कारण काम सम्पन्न हुन नसकेकाले छ महिना थप गरिएको जानकारी दिए ।

उनले भने, ‘अहिले ‘हेडबक्स’ को भौतिक काम पूरा भइसकेको छ, त्यहाँ जडान गर्नुपर्ने कतिपय हाइड्रो मेकानिकल उपकरण, स्वचालित यन्त्र तथा विद्युतीकरणसम्बन्धी उपकरण विदेशबाट आउने क्रममा छन् । आउने बित्तिक्कै जडान कार्यसँगै ’हेडबक्स’ को सम्पूर्ण काम सम्पन्न हुनेछ ।’ ‘हेडबक्समा’ सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा)’ प्रणाली जडानको काम समेत भइरहेको छ ।

सुरुङको परीक्षण सम्पन्न भएसँगै ‘हेडबक्स’ को समेत काम सम्पन्न हुने र स्थायी रूपमा मेलम्चीको पानी ’हेडबक्स’ भएर सुरुङमा पथान्तरण गरिने प्रवक्ता पन्तले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies