Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रचण्डको कार्यकर्तालाई प्रश्न : ‘एकान्त र एक्लै भेट्दा नेताहरुले के भन्छन् ?’

\"prachanda_narabahadur\"९ साउन, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड कार्यक्रम हलमा छिर्दै थोरै भावुकता सहित छिरेका थिए । माओवादी मुख्यालय पेरिसडाँडाको उपल्लो तलाको सभाहलमा कम्युनिष्ट पार्टीका संस्थापक नर बहादुर कर्माचार्यको दोस्रो स्मृति सभामा कार्यकर्ताहरु बाक्लो उपस्थिति थियो । यसअघि लम्मेतान र अत्याधिक औपचारिकतापूर्ण हुने कायृक्रम सोचेभन्दा निकै छरितो रहेछ । स्वार्गिय कमाचार्यको फोटोमा माल्यर्पण र श्रदान्जली कार्यक्रममा अघिपछि जस्तो भएजतिका कार्यकर्ता लाइनमा उभिएर माल्यपर्ण तथा श्रदान्जली गरेनन् । निश्चित नेता तथा केही कार्यकर्ताहरुले माल्यपर्ण गरेपछि कार्यलय सचिब तथा गोरखाबाट प्रत्यक्ष निर्बाचित सभाषद हितराज पाण्डेले कायृक्रम संचालन गरे । माओवादी नेता नारायणकाजी श्र्रेष्ठले कर्माचार्यसँगको सहकार्यको चर्चा गर्दै पार्टीले नयाँ नबनाए पार्टी सकनिे बताए । उनी बोले लगत्तै बोल्ने पालो प्रचण्डको आयो । स्वर्गिय कर्माचार्यसँगको सहकार्यलाई उनले पनि छोटोमा व्याख्या गरे । जब उनि आफ्नै पार्टीको एजेण्डामा प्रवेश गरे झन भावुक भए । पार्टीमा बिचार, कार्यदिशा र कार्यशैलि सबै मिलेको तर पार्टी नमिलेको बताए । ‘मैले भूकम्प अघि बसेको केन्द्रिय समितिमा २५ बुँदे पार्टी पूननिर्माणको कार्यदिशा पस्तुत गरेको छु । त्यसमा हामी सबै नेता सहमत छौं । तर विविध कारणले छलफल हुन सकेको छैन ।’ उनले थपे ‘र फेरी पार्टी निर्माणको कुरा उठेको छ’ । उनले निकै भावुक हुँदै भने ‘हामी कोहीले पनि त्यो प्रस्तावमा छलफल गर्न जोड गरेका छैनौं तर पार्टी पूननिर्माणको कुरा गरिरहेका छौं’ । उनको भनाई  नयाँ शत्ति निर्माणको प्रस्ताव गरिरहेका अर्का नेता बाबुराम भट्टराईप्रति लक्षित थियो तर नाम लिएनन् । अघिल्ला वक्ता नारायणकाजीले अरु ‘सच्चिनुपर्ने तर आफु नसच्चिने रोग’ पार्टीमा लागेका बताएका थिए । प्रचण्डले आफु सच्चिन तयार भएको भन्दै अरु सच्चिन कत्ति तयार हुनुहुन्छ भन्दै प्रतिप्रश्न गरे । पार्टीमा नेताहरुबिच सबै कुरामा एकमत भएपनि पर्टी नबन्नुको कारण खोज्न उनले कायृकर्ताले आग्रह गरे । ‘सबै कुरा एकै छ । बिचार लाइन, कार्यदिशा सबैसबै तर पार्टी एक छैन ।’ उनले पार्टीभित्र गुट र गुटमा पनि उपगुटहरु रहेका स्विकारे । ‘हामी एकैठाउँ उभिँदा फरक केही छैन । एउटै बोल्छौ तर रातिराति, एकान्तमा र एक्लै भेट्दा के भन्छौ ?’ उनको प्रश्न नेताहरुप्रति थियो । ‘सायद हामी अर्कै भनिरहेका छौ ।’ आफ्नै चित्त बुझाए । \"prachanda_narabahadur2\"कार्यकर्ता तिर सोधे ‘हामी नेताहरुले तपाईहरुलाई एक्लै भेट्दा के भन्छौ ? मलाई भन्दा तपाईहरुलाई बढी थाहा छ ? अब पार्टी किन बिग्रियो तपाईहरु नै जान्नुहोस्’ । उनले गुनासोको शैलिमा आक्रोश पोखे ‘अहिले प्रचण्डलाई गालि गरेपछि सबै चोखिन्छन् । पार्टीभित्रका र बाहिरका पनि ।’ उनले सायद भरखर पार्टी छोडेको भनेर चर्चामा आएका नेताहरुलाई इगित गरेका थिए ‘आफु जे पनि गर्ने तर दोष प्रचण्डलाई दिएर वर्ग सघर्षबाट भाग्ने !’ प्रचण्डले यो अति भएको चेतावनि दिए । भनेँ ‘यतिबेला प्रचण्डलाई गाली गरेपछि सबभन्दा फोहोरी मानिस पनि दुधले नुहाएको जस्तो हुन्छ’ । उनले यसो भनिरहँदा पछिल्लोपटक असन्तुष्ट रहेका बाबुराम भट्टराई ललितपुरको हिमालयन होटलमा नयाँ संविधानमा प्रत्यक्ष निर्बाचित कार्यकारी हुनुपर्ने भन्दै आफ्नो धारणा सार्वजनिक गरिहेका थिए । हलमा कार्यकर्ता मुखामुख गरिरहेका । ‘खोई त भट्टराई ? संस्थापकको स्मृतिसभामा समेत एउटै मन्च प्रयोग गर्न नसक्ने नेताहरु कसरी मिल्न सक्छन् ?’ । सबैले ‘म’ ‘म’ भनेर आफ्ना कमजोरी औंल्याउनु र सच्चिनुमात्रै कर्माचार्यप्रतिको सच्चा श्रदान्जली हुने प्रचण्डले बताए । तर पार्टी फुट्छ कि जुट्छ भन्नेबारे केही भनेनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies