Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

ओलीविरुद्धको १९ पेजको ‘डकुमेन्ट’ ‘बमबार्ड द हेडक्वार्टर’ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण उपलब्धि ध्वस्त हुने खतरा देखेपछि आफूले प्रधानमन्त्री केपी ओली प्रवृत्तिविरुद्ध १९ पृष्ठको ‘डकुमेन्ट’ लेखेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित भरत ढुंगानाको स्मृति–ग्रन्थ सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रचण्डले ‘डकुमेन्ट’ लेखनलाई ओली प्रवृत्तिविरुद्ध ‘बमबार्ड द हेडक्वार्टर’ भएको बताए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाभित्र अध्यक्ष ओलीसँग अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच विवाद चर्किएपछि पत्रयुद्ध नै चलेको थियो । प्रचण्डले माधवकुमार नेपालसँग मिलेर २८ कात्तिकमा ओलीविरुद्ध १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पार्टी सचिवालय बैठकमा प्रस्तुत गरेका थिए ।

ओलीमाथि राजकीय हैसियतको दुरुपयोग गरेको आरोप लगाइएको उक्त प्रतिवेदन बैठकमा पेस भएपछि नेकपाभित्रको विवाद थप उल्झनमा परेको थियो । त्यसपछि ओली पक्षले उक्त प्रतिवेदन फिर्ता लिनुपर्ने अडान लिएको थियो भने प्रचण्ड–माधव पक्षले उक्त प्रतिवेदनमाथि छलफल गरेर ओलीले आत्मालोचनासहित विकल्प खुला गर्नुपर्ने बताएको थियो । अन्ततः सो प्रतिवेदनमाथि न त छलफल भयो न पार्टी एकता नै कायम रहन सक्यो ।

प्रचण्डले अहिले त्यही प्रतिवेदनको प्रसंग कोट्याउँदै सम्पूर्ण उपलब्धि ध्वस्त हुने खतरा भएपछि लेखेको दाबी गरेका हुन् । ‘मैले केपी प्रवृत्तिका विरुद्ध जानीबुझी सम्झौता गर्दा सम्पूर्ण चिज ध्वस्त हुने खतरा देखेपछि अब फेरि जेल जान परे पनि तयार, मर्न पनि तयार हुन्छु भनेको हुँ । यो प्रवृत्तिमाथि प्रहार गर्नैपर्छ भनेर गरेको हुँ,’ प्रचण्डले भने, ‘त्यो गर्दै गर्दा मलाई ‘बमबार्ड द बुर्जुवा हेडक्वार्टर’ गरें भन्ने लागेको छ ।’

उनले पार्टीभित्रै लडाइँ हुने भन्दै त्यसबाट अघि बढ्ने धारणा राखे । उनले ‘केपीप्रवृत्ति’ विरुद्ध बाटोमा गएर पलेँटी कस्दा आफू जनतासँग जोडिएको अनुभूति भएको सुनाए । आफूले फेरि जनतासँग जोडिने र देशव्यापी अभियान चलाउने सोच बनाएको उनको भनाइ थियो । ‘म काठमाडौंभन्दा फेरि दुई–चार वर्ष जनताको बीचमा गएर बस्ने विचार छ । किनभने देशभित्र र बाहिरका प्रतिक्रियावादीले हाम्रो राष्ट्र र आन्दोलनका विरुद्ध निकै ठूलो षड्यन्त्र गरिरहेका छन् । हाम्रा उपलब्धि र परिवर्तनमाथि धावा बोल्ने कोसिस गरिरहेका छन् । त्यसलाई परास्त गर्नुछ,’ उनले भने ।

राजनीतिक हिसाबले सामन्ती तन्त्रमाथि विजय हासिल गरे पनि राष्ट्रिय स्वाधीनताको लडाइँ पूर्ण नभएको उनको भनाइ थियो । ‘प्रतिक्रियावादी देशी–विदेशी शक्तिले नेपालको राष्ट्रिय स्वाधीनतालाई, नेपाली जनताको आत्मनिर्णयको अधिकार फेरि एकचोटि जबर्जस्ती कुल्चिने दुस्साहस गरिराखेका छन् । म चिन्तित छु, आक्रोशित छु र आफै आन्दोलित पनि छु, साथीहरू विचार गर्नुहोला,’ उनले भने ।

त्यसअघि बिहीबार नै केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले राजनीतिक उपलब्धि र आन्दोलनको रक्षाका निम्ति देशव्यापी अभियान चलाउने बताए । ‘देशभित्र र बाहिरका प्रतिक्रियावादीले निकै ठूलो षड्यन्त्र गरिरहेका छन् । त्यसलाई परास्त गर्नु छ । मलाई विश्वास छ– परास्त गरिन्छ । हामीले आफ्नै धर्तीमा टेकेर मात्रै पनि परास्त गर्न सकिन्छ । हामी आफ्नै शक्तिमा भर परेर परास्त गर्न सकिन्छ,’ उनले भने ।

अहिले युद्ध गर्नुपर्ने स्थिति नभएको भन्दै शान्तिपूर्ण ढंगले नै आफ्नो खुट्टामा उभिएर जनतासँग जोडिने अभियान चलाएर प्रतिक्रियावादीहरू परास्त गर्न सकिने उनको भनाइ थियो । उनले आफूभित्र आवेग र आक्रोश रहेको भन्दै नेपालको स्वतन्त्रता र जनताको आत्मनिर्णयको अधिकारमाथि कसैले धावा बोले नेपाली जनतालाई विद्रोह गर्ने अधिकार हुने बताए ।

‘प्रतिक्रियावादी तत्वहरू यही माओवादी आन्दोलनले ल्याएका उपलब्धिलाई के गरी ध्वस्त पार्न सकिएला र माओवादी आन्दोलनले तयार गरेको नेतृत्वको टिम, त्यसमध्ये एक नम्बरमा अहिले पनि रहेको प्रचण्डलाई के गरी निस्तेज पार्ने होला भन्नेमा नै सबैको ध्यान छ,’ उनले भने, ‘भ्रममा कोही नरहनु होला । मभित्र फेरि एकचोटि आवेग र आक्रोश छ । नेपालको स्वतन्त्रतामाथि, नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि कसैले धावा बोल्छन् भने नेपाली जनतालाई फेरि एकचोटि विद्रोह गर्ने अधिकार हुन्छ ।’

उनले नेपालमा शान्तिपूर्ण ढंगले जनविद्रोह गर्न सकिने सम्भावना रहेको बताए । नेपालले प्राप्त गरेको उपलब्धिलाई निमोठ्ने र नेपाललाई कब्जामा राख्ने काम प्रतिक्रियावादीले गरिरहेको भन्दै उनले आन्दोलनबाट प्राप्त जागरणलाई केन्द्रित गरेर ‘कलरफुल रिभुलेसन’ विरुद्धको षड्यन्त्रलाई चकनाचुर पार्न सकिने बताए ।

प्रचण्डले नेत्रविक्रम चन्द विप्लवतिर संकेत गर्दै छलफल गरेर एकै ठाउँमा आउन आह्वान गरे । ‘कति बस्नुपर्ने हो बसौँ, एउटा निष्कर्ष निकालौँ । वैज्ञानिक समाजवादको निम्ति, साम्यवादको निम्ति म लड्न तयार छु । मेरो विचारमा म लडिरहेको छु, तपाईंको विचारमा तपाईंहरू पनि लडिरहनु भएको छ,’ उनले भने ।

ढुंगानाको स्मृति–ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमका वक्ता विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरहीको यही व्यवस्थाबाट संकटको समाधान नहुने भनेर गरेको तर्कको जवाफ दिँदै उनले आफूले स्थापित गरेको एजेन्डालाई स्वीकार गर्न आग्रह गरे ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies