इलाम । पछिल्लो समय किसानलाई सिंँचाइको पहुँच पु¥याउन सरकारले दातृ निकायको सहयोगमा गाउँगाउँमा सिँचाइ आयोजना निर्माण गर्न थालेको छ । गएको दुई वर्षमा इलाम जिल्लामा १६ सिँचाइ आयोजना निर्माण हुँदैछन् ।
नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा साना सिँचाइ परियोजनामार्फत चार वर्षमा सिँचाइ आयोजना निर्माण हुने भएको छ । अब इलाममा २७ नयाँ योजना बन्ने भएका छन् । जिल्लाका छ स्थानीय तहमा सिँचाइ आयोजना निर्माण हुने यस परियोजनाका फिक्कल क्लष्टर संयोजक केशव लामाले जानकारी दिनुभयो । इलाम र सूर्योदय नगरपालिका, रोङ, चुलाचुली, माङसेबुङ र सन्दकपुर गाउँपालिकामा सिँचाइ आयोजना निर्माण भइरहेका छन् । इलाम नगरपालिकाले झुत्रेखोला सिँचाइ आयोजना र निफोक खोला सिँचाइ आयोजना निर्माण गर्दैछ । सूर्योदयले कन्याम फाजिगाउँ, साउने खोला र ढकालगाउँ सिँचाइ आयोजना निर्माणका क्रममा छन् ।
यस्तै, रोङ गाउँपालिकामा झटारे र जुरेखोला हुँदै लाप्चागाउँ सिँचाइ आयोजना बन्दै छन् । चुलाचुली गाउँपालिकामा चारहाजारे कुलो, फुङनाम, सन्दकपुर गाउँपालिकामा सानीमाई खरीबोटे र चैतेटारी सिँचाइ आयोजना बन्ने क्रममा छन् । माङ्सेबुङ गाउँपालिकामा पार्टीगाउँ र रतुवा कोप्चे र देउमाइ नगरपालिकामा झुत्रे मुलखर्क, लुम्धे इरिगेसन प्रोजेक्ट र झुत्रे सिम्ले कुलो आयोजना बन्दै छन् ।
ती आयोजना निर्माणमा स्थानीय तहले २०, उपभोक्ताले १० प्रतिशत र बाँकी रकम प्रदेश सरकार र सङ्घीय सरकारले व्यहोर्ने गरेका हुन् । साना सिँचाइ परियोजना कार्यान्वयनको लागि प्रत्येक स्थानीय तहमा कार्यालय स्थापना हुने क्रममा रहेको लामाले बताउनुभयो । यस्तै, भर्खरै सम्झौता भएका सिँचाइ आयोजना पनि जिल्लाका तह पालिकामा छन् ।
देउमाई तथा सूर्योदय नगरपालिका र सन्दकपुर गाउँपालिकामा पाँच÷पाँच आयोजना बन्ने सम्झौता भएको छ । इलाम नगरपालिका, माङसेबुङ गाउँपालिका र रोङ गाउँपालिकामा चार÷चार सिँचाइ आयोजना बनाउने सम्झौता भएको संयोजक लामाको भनाइ छ । यी परियोजनामध्ये देउमाई नगरपालिकामा रु एक करोड ६६ लाख ४० हजार, इलाम नगरपालिकाका रु एक करोड २४ लाख ८० हजार, माङ्सेबुङ गाउँपालिकामा रु एक करोड ६६ लाख ४० हजार लागत अनुमान गरिएको छ । यस्तै, रोङ गाउँपालिकामा रु एक करोड २४ लाख ८० हजार, सूर्योदय नगरपालिकाको रु दुई करोड ३५ लाख १९ हजारका योजना रहेका छन् ।
इलामसहित पाँचथर, तेह्रथुम, खोटाङ, भोजपुर, उदयपुर, ओखलढुङ्गा, धनकुटामा आयोजना सञ्चालन हुने जनाइएको छ । यसअघि पनि खोटाङ, उदयपुर र ओखलढुङ्गा जिल्लामा पहिलो चरणको कार्यक्रम कार्यान्वयन भइसकेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: