काठमाडौं । पूर्वाधार विकास बैंकले प्रति परियोजना रु ३० करोडभन्दा कम बराबरको कर्जा लगानी गर्न नपाउने भएको छ । पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि स्थापित सो बैंकलाई निर्देशन जारी गर्दै नेपाल राष्ट्र बैंकले सो व्यवस्था गरेको हो ।
केन्द्रीय बैंकका अनुसार पूर्वाधार विकाससँग सम्बन्धित परियोजनामा मात्र कर्जा प्रवाह गर्न र रु ३० करोड प्रति परियोजनाभन्दा कम कर्जा तथा सुविधाको सीमा स्वीकृति तथा प्रवाह गर्न सक्ने छैन भन्ने व्यवस्था गरिएको छ ।
यस्तै, आफूले जारी गरेको मुद्दति निक्षेप रसिदको धितोमा पनि रु ३० करोडभन्दा कम रकमको कर्जा प्रदान गर्न यो व्यवस्थाले बाधा पुगेको नमानिने केन्द्रीय बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।
केन्द्रीय बैंकको निर्देशनमा भनिएको छ, “संस्थाले प्रादेशिक एवं स्थानीय तहका सरकारको अगुवाईमा सार्वजनिक निजी साझेदारी ढाँचाबाट प्रवद्र्धन गरिएको कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा, फोहोरमैला व्यवस्थापन र ढल निकाससम्बन्धी परियोजनामा रु १० करोड वा सोभन्दा बढी कर्जा तथा सुविधा प्रदान गर्न यो व्यवस्थाले बाधा पुगेको मानिने छैन ।”
यस्तै, पूर्वाधार विकास बैंकले कारोबार शुरु गरेको मितिले चार वर्षसम्म आफ्नो अघिल्लो त्रैमासमा कायम रहेको कूल कर्जा सीमाको अधिकतम एक तिहाइ मात्र क्रेडिट सेल, पर्चेज, रिपर्चेज तथा टेकओभर गर्न सक्ने व्यवस्था गरिएको छ । चार वर्षपछि भने त्यस्तो व्यवस्था स्वतः निष्क्रिय हुनेछ ।
बैंकले कुनै प्रकारका परियोजनामा आफ्नो कूल कर्जा वक्यौताको बढीमा ५० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाइने व्यवस्था थप भएको छ । केन्द्रीय बैंकका अनुसार परियोजना कर्जाको विवरण मासिक रुपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । पूर्वाधार विकास बैंकले कृषिसम्बन्धी पूर्वाधारमा लगानी गर्नसक्ने छ । त्यसमा सिँचाइ परियोजना, चिस्यान केन्द्र, कृषि गोदाम, कृषिसम्बन्धी उपकरण निर्माण गर्ने कारखाना र व्यवसायिक कृषि रहेका छन् ।
केन्द्रीय बैंकले यसअघि जारी गरेको निर्देशनअनुसार इजाजात प्राप्त अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप कारोबार गर्ने संस्थामा व्याज प्राप्त हुने गरी कुनै प्रकारको निक्षेप खाता खोल्न भने पाइने छैन भन्ने उल्लेख थियो ।
सोही व्यवस्थालाई थप स्पष्ट पार्दै भनिएको छ, “कारोबार भएको मितिले बढीमा चार वर्षसम्म प्रतिस्पर्धाको माध्यमबाट वाणिज्य बैंकमा व्याज प्राप्त हुने गरी प्रत्येक बैंकमा बढीमा रु एक अर्बको सीमामा नबढ्ने गरी निक्षेप ज्म्मा गर्न सकिनेछ । त्यस्तो निक्षेपबाट प्राप्त व्याज आम्दानीबाट कर्मचारीलाई लाभांश भने बाड्न पाइने छैन ।”
केन्द्रीय बैंकले पूर्वाधार विकास बैंकका लागि जारी गरिएको निर्देशन, २०७५ को विभिन्न निर्देशनअनुसार थप निर्देशन जारी गरिएको जनाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार पूर्वाधार विकास बैंकलाई थप व्यावसायिक र पूर्वाधारमैत्री बनाउने ध्येयका साथ विभिन्न निर्देशन दिइएको हो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: