Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

धान खरीद कार्य जारी

वीरगञ्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षमा धान खरीदको लक्ष्य भेट्टाउन नसकेपछि धान खरीद कार्य जारी राखेको छ ।

सङ्घीय सरकारले सो कार्यालयलाई चालू आर्थिक वर्षमा सोना मन्सुली धान ३० हजार क्वीन्टल र जिरा मसिनो धान पाँच हजार क्वीन्टल खरीद गर्न लक्ष्य दिएकोमा माघको तेस्रो सातासम्म रु ६ करोड ३७ लाख ५९ हजार ७९८ मूल्य बराबरको २२ हजार १.४५ क्वीन्टल सोना मन्सुली र तीन लाख चार हजार ५०० मूल्य बराबरको १०५ क्वीन्टल जिरा मसीनो धान खरीद गरेको सो कार्यालयले जनाएको छ । प्रतिशतको हिसाबले हेर्ने हो भने हालसम्म सोना मन्सुली धान ७४ प्रतिशत र जिरामसिनो धान २।८ प्रतिशत खरीद गरिएको छ । तोकिएको लक्ष्य प्राप्ति नहुञ्जेलसम्म धान खरीद गर्ने सो कार्यालयका शाखा प्रमुख विकास कटुवालले राससलाई बताए । कार्यालयले अहिले सोना मन्सुली धान प्रति क्वीन्टल दुई हजार ८८५ रुपैयाँ र जिरामसिनो धान प्रति क्वीन्टल दुई हजार ९०० रुपैयामा खरीद गर्दै आएको छ ।

सोना मन्सुली धान खरीदमा लक्ष्य प्राप्ति हुन सकेपनि जिरामसिनो धान कम उत्पादन भएकोले लक्ष्य भने प्राप्ति हुन नसक्ने सो कार्यालयले जनाएको छ । कार्यालयले मध्यमवर्गीय किसानको धान मात्र खरीद गर्ने गरेको छ । साना किसानले उत्पादन गरेको धान वर्षभरि आफूले खानको लागि राख्ने गरेको र बढी भएको धान मात्र कार्यालयलाई बेच्न आउने गरेको सूचना अधिकारी मुनिलाल कुशवाहाले बताए ।

जबसम्म प्रधान कार्यालयले धान खरीद गर्न निर्देशन नदिएसम्म सो कार्यालयले धान खरीद गर्ने कार्यलाई जारी राख्ने छन् । शुरुमा दैनिक एक हजार क्वीन्टलसम्म धान खरीद हुँदै आएकोमा अब किसान पातलिँदै गएकाले दैनिक ५०० क्वीन्टल मात्र धान खरीद हुने गरेको सो कार्यालय जनाएको छ ।

निजी गल्ला व्यापारी भन्दा सरकारीस्तरमा सोना मन्सुली धान साढे ६ प्रतिशत र जिरामसिनो धान साढे ६ प्रतिशत बढी मूल्यमा खरीद गर्ने गरेकाले पर्सा, बाराका किसान धान बेच्न संस्थानतर्फ आकर्षित भएका छन् । अघिल्लो वर्षको बाँकी रहेको संस्थानसँग सोना मन्सुली चामल १७२ दशमलव ५५ क्वीन्टल र स्टीम जिरामसिनो चामल ९९ क्वीनटल १० केजी मौज्दात अवस्थामा रहेको छ ।

संस्थानले उत्पादन गरेको चामल प्रदेश २ को वीरगञ्ज, रौतहट, हेटौँडा र चितवन कारागारमा पठाउँदै आएको छ भने बाँकी चामल माग अनुसार नेपालगञ्ज, धनगढी, सुर्खेत, पोखरा, काठमाडौँ, दाङ, भैरहवाको कार्यालयमा पठाउने गरेको र त्यहाँबाट सो चामल सुदूरपहाडी क्षेत्रमा जाने गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending