अमरगढी । डडेल्धुराको अजयमेरु गाउँपालिका कृषक लक्ष्मी पाठक मौरीपालन व्यवसायवाट छोटो समयमै आम्दानी हुँदा दङ्ग देखिन्छन् । तीस घार मौरीपालन गरिरहनुभएका उनको वर्षमा झण्डै रु दुई लाख ५० हजार आम्दानी हुन्छ । “यो व्यवसायवाट सन्तुष्ट छु”, उनले भने, “घरपरिवारका सबै सदस्य यसै व्यवसायमा लाग्दा बेरोजगार भएर बस्नु परेको छैन ।”
उत्पादित मह बजारमा प्रतिकिलो रु ८०० देखि एक हजारसम्म बिक्री हुने गरेको पठकले बताए । आलिताल गाउँपालिका–४ जालटुडाकी पुनादेवी कामी पनि व्यावसायिक मौरीपालनमा लागेका छन् ।
वर्षौंदेखि आफूहरुसँग भएको परम्परागत सीपले गुजार गर्न नसकिने भएपछि यो पेशा त्यागेर मौरीपालन व्यवसायमा रोज्दा आम्दानी पनि भएको उनको अनुभव छ । “कृषि ज्ञान केन्द्र कार्यालयले सञ्चालन गरेको युवा लक्षित कार्यक्रमबाट रु एक लाख ८० हजार रकम अनुदान पाएपछि व्यावसायिक मौरीपालन गर्ने हौसला बढ्यो”, उनले बताए, “२० घार मौरी छन्, एक घारबाट पाँचदेखि सात किलो मह उत्पादन हुने गर्छ ।”
आगामी दिनमा मह उत्पादन वृद्धि गर्दै जाने उनको लक्ष्य छ । पछिल्ला वर्षमा डडेल्धुरामा व्यावसायिक मौरीपालनमा आकर्षण बढेसँगै कृषको आम्दानी पनि भइरहेको छ । यो व्यवसायले थौरै भए पनि स्वरोजगारको अवसर सिर्जना गर्न थालेको स्थानीय कृषकको भनाइ छ ।
मौरीपालक किसानको समूहगत आम्दानी वर्षनि दशौँ करोड रूपैयाँ रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ र मौरीपालनप्रतिको आकर्षणलाई ध्यानमा राखी कृषि ज्ञान केन्द्रले सीप विकास, बजार र चरन प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको जनाएको छ ।
सिँचाइ सुविधा नचाहिने र कम लगानीमै व्यवसाय गर्न सकिने तथा उच्च बजार सम्भावना भएकाले यो व्यवसायप्रति आकर्षण बढिरहेको हो । जिल्लाको भित्री मधेश क्षेत्रका आलिताल गाउँपालिका र परशुराम नगरपालिका क्षेत्र मौरीको मुख्य पकेट क्षेत्रका रुपमा रहेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार गत आर्थिक वर्षमा रु तीन करोड ६० लाखको मह र ६७ लाख ९० हजारको मौरीको गोला बिक्री भएको थियो । थौरै मिहिनेतमा पनि मनग्य आम्दानी हुने भएकाले मौरीपालन रोजाइमा पर्न थालेको किसानको भनाइ छ ।
जिल्लामा झण्डै ५६० परिवारले मौरीपालन गर्दै आएका छन् । हरेक वर्ष युवा लक्षित मौरीपालन कार्यक्रमबाट अनुदान उपलब्ध गराउन थालिएसँगै यो कार्यक्रमतर्फ युवाहरुको आकर्षण पनि बढेको छ । यस वर्ष जिल्लाको पकेट क्षेत्रका रुपमा रहेको आलिताल गाविस र गांखेत गाविसमा मौरीपालन गर्न युवा लक्षित मौरीपालन कार्यक्रम छनोट गरिएको जनाइएको छ ।
जिल्लामा उत्पादन हुने मह सुदूरपश्चिम प्रदेश तराईका जिल्ला कैलाली र कञ्चनपुरका साथै पहाडका अन्य जिल्लामा बिक्री हुने गरेको छ । तराईका जिल्लामा पहाडका जिल्लाबाट आउने महको ठूलो माग हुने गरेको छ । कैलालीका स्थानीयवासी चेतराज भट्टले भने, “तराईमा उत्पादन हुने महको तुलनामा पहाडका जिल्लाको महको गुणस्तर निकै राम्रो हुने गरेको छ ।”
डडेल्धुरा जिल्लामा कूल जनसङ्ख्याको १४ प्रतिशत दलित समुदाय रहेको छ । दैनिक ज्याला र मजदूरी गरेर दिनचर्या बिताउँदै आएका दलित महिला कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको युवा लक्षित मौरीपालन कार्यक्रमबाट अनुदान पाएपछि व्यावसायिक मौरीपालनमा सक्रिय हुन थालेका छन् ।
खासगरी जिल्लाको आलिताल गाउँपालिका–४ जालटुडाकी पुनादेवी कामीसहितका दलित महिला यो कार्यक्रमबाट लाभान्वित भइरहेका छन् । मौरीपालनबाट आम्दानी बढ्न थालेपछि कतिपय परिवारले आफ्नो निजी लगानी पनि बढाउन थालेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: