Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

उखु किसानलाई १७ करोड तीर्न बाँकी राखेका अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्क विहीन

सर्लाही । धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन् । अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

“केही दिनयता अन्नपूर्णका मिलका सञ्चालक हाम्रो सम्पर्कमा हुनुहुन्न”, प्रजिअ पौडेलले भने,“उखु उत्पादक किसानको बक्यौता दिनका लागि हामीले रोक्का गरेको खातामा रकम भए पनि अग्रवाल सम्पर्कमा नरहेका कारण भुक्तानी हुनसकेको छैन ।”

उद्योगले दिएको जानकारी अनुसार उखु उत्पादक किसानको करिव रु १७ करोड पुरानो बक्यौता मिलले तिर्न बाँकी रहेको थियो । “उद्योगले किसानको भुक्तानी दिन करीब रु १७ करोड बाँकी रहेको बताएको थियो”, प्रजिअ पौडेलले भने।

यसैबीचमा रु ११ करोड १६ लाख उद्योगले किसानलाई भुक्तानीसमेत गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए। उद्योगपतिको बैंक खाता रोक्का गरी उद्योगपतिलाई उखु उत्पादक किसानकै खातामा रकम हाली दिन प्रशासन र प्रहरीले संयुक्त रुपमा पहल गरेको थियो । अहिले पनि उद्योगपति अग्रवालको बैँक खातामा रु एक करोड ७३ लाख रहेको छ । उद्योपति सम्पर्कविहीन हुँदा किसानले पैसा पाएनौं भन्दै गुनासो गरिरहेको प्रमुख राठौरले बताए ।

उद्योगपति सम्पर्कमा नआउने अनि किसान दिनहुँजसो भुक्तानी पाएनौं भन्दै प्रशासन कार्यालय घेराउ गर्न आउने गतिविधिले आफू निकै अफ्ठ्यारोमा परेको प्रजिअ पौडेलको भनाइ छ । “किसानको उखुको बाँकी बक्र्यौता भुक्तानीका लागि मैले सकेसम्म प्रयास गरिरहेको छु”, उनले भने, “किसानको बाँकी बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएका उद्योगपति नै सम्पर्कबिहीन भएपछि निकै समस्यामा परेको छु । ”

अन्नपूर्णसहित मुलुकभरका चिनी उद्योगले किसानको बक्यौता भुक्तानी नगरेपछि सरकारले उद्योगपतिको बैंक खाता रोक्का गर्ने, चिनी बिक्रीमा नियन्त्रण गर्नेलगायत उपाय अपनाएको थियो । उद्योगपतिहरुले भने किसानको भुक्तानी दिन आलटाल गर्दै आएका छन् । जिल्लाकै गोडैता नगरपालिका अन्तर्गत बगदहमा रहेको महालक्ष्मी सुगर मिलले भने किसानको गत वर्षको सम्पूर्ण बक्यौता रकम भुक्तानी गरिसकेको जनाएको छ । प्रजिअ पौडेलले महालक्ष्मी सुगर मिलले किसानको गत विगत वर्षको सम्पूर्ण बक्यौता रकम भुक्तानी गरिसकेको जानकारी दिए । भने यता उद्योगीलाई उखु पाउन मुस्किल भएपछि सर्लाहीको हरिवन ११ मा रहेको ईन्दुशङ्कर चिनी मिलले यसवर्षको उखुको सम्पूर्ण रकम भुक्तानी गरिसकेको जनाएको छ ।

गत वर्षमा जिल्लाको अन्नपूर्णलगायत मिलमा उखु बिक्री गरेकै भुक्तानी नपाएको जनाउँदै आन्दोलन चलिरहेको भए पनि ईन्दुशङ्कर चिनी मिलले भने चालू सिजनकै भुक्तानी दिएपछि उखु उत्पादक किसान दङ्ग भएका छन् । किसानलाई भुक्तानीमा खासै झन्झट नदिएको ईन्दुशङ्करले गत वर्षको मूल्यलाई नै आधार मानेर यस वर्ष उखु खरीद गरेको थियो । गत पुस ६ गतेबाट सञ्चालनमा आएको मिलले यही माघ २ गतेसम्म आउदा करीब सात लाख २६ हजार २०० क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगका उखु प्रबन्धक योग नारायण रजकले जानकारी दिनुभयो । पुस २९ गतेसम्मको उखु खरीदबापतको रकम करीब रु ३२ करोड भुक्तानी गरिसकेको उहाँले जानकारी दिए ।

उद्योगले किसानलाई तीन पटकमा गरी रु ३२ करोड भुत्तानी दिएको हो । दुई पटक १२÷१२ करोड र एक पटक रु ८ करोड गरी तीन पटकमा जम्मा रु ३२ करोड भुक्तानी गरिसकेको प्रबन्धक रजकले बताए । यस वर्ष सरकारले उखुको मूल्य कायम नगरे पनि गत सालको मूल्यलाई आधार मानेर भुक्तानी दिएको उद्योगले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies