Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

अब चिसोका कारण अनाहकमा कसैले पनि ज्यान गुमाउन पर्ने छैन : मन्त्री श्रेष्ठ

सिरहा । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले हरेक नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सिरहाको सुखीपुर नगरपालिका–४ मा आयोजित शीतलहर र चिसोबाट प्रभावितका लागि न्यानो कपडा वितरण कार्यक्रममा उनले शीतलहर र चिसोका कारण अनाहकमा कसैले पनि ज्यान गुमाउन नपोस् भनेर सरकारले समयमै विपद् व्यवस्थापनको तयारी गरेको बताए ।

“विगतका वर्षमा चिसो र शीतलहरका बेला अनाहकमा धेरैले ज्यान गुमाउनुपर्ने अवस्था थियो”, मन्त्री श्रेष्ठले भने, “अब यस्तो अवस्था आउन नदिन सरकार गम्भीर छ र हरेक नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ ।” हरेक वर्ष चिसो मौमसका बेला बालबालिका र ज्येष्ठ नागरिक अत्यधिक समस्यामा पर्ने गरेकाले सोहीअनुसारको पूर्वतयारी गरिएको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले चिसोका बेला खासगरी विपन्न, दलित र गरीब परिवार बाढीपीडित हुने गरेकाले समयमै विवरण सङ्कलन गरेर न्यायो कपडा र राहतको व्यवस्थापन गर्न स्थानीय सरकारसँग आग्रह गर्दै नागरिकको सुरक्षा गर्ने कार्यमा सरकारले कुनै कमजोरी हुन नदिने बताए। सिरहा जिल्लाको सडक सञ्जाल बिस्तार, अस्पताल निर्माण, दलितका लागि सामुदायिक भवन र आवास कार्यक्रमलाई सरकारले तीव्ररुपमा अगाडि बढाउने उल्लेख गर्दै उनले यस्ता कार्यले जिल्लाको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सो अवसरमा लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य भएकाले तीनै तहका सरकारले समन्वय गरी विपद्बाट नागरिकलाई जोगाउनुपर्ने बताए । सो अवसरमा मन्त्री श्रेष्ठले ज्येष्ठ नागरिक, आपाङ्ग, विपन्न परिवारका २०० जनालाई न्यानो सिरक वितरण गरे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending