गुल्मी । राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत गुल्मीमा हालसम्म ६७ हजारभन्दा बढीको विवरण सङ्कलन भएको छ । गत कात्तिक २३ गते जिल्लाको गुल्मीदरबार गाउँपालिकाबाट शुरु भएको राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत जिल्लामा हालसम्म ६७ हजार २५१ जनाको विवरण सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
अहिलेसम्म जिल्लामा गुल्मीदरबार, धुर्कोट, मदाने र छत्रकोट गरी चार पालिकामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलन गर्ने कार्य भइसकेको छ । ती पालिकामा कूल ४३ हजार ११० जनाको विवरण सङ्कलन भएको दर्ता गर्ने प्राविधिक सुनिता कँडेलले जानकारी दिए । यसैगरी रुरुक्षेत्र, मालिका र मुसिकोट नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ ।
गुल्मीदरबार गाउँपालिकामा ११ हजार ९०५, धुर्कोट गाउँपालिकामा १० हजार ५८०, छत्रकोट गाउँपालिकामा १० हजार ८४५ तथा मदाने गाउँपालिकामा नौ हजार ७८०, मुसिकोटमा सात हजार ४४२, रुरुक्षेत्रमा आठ हजार २३२ तथा मालिकामा आठ हजार ४६७ जनाको राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलन भएको बताइएको छ ।
जिल्लाका अझै ६ स्थानीय तहमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलन गर्ने काम बाँकी छ । बाँकी पालिकामा रेसुङ्गा नगरपालिका तथा इस्मा, कालीगण्डकी, चन्द्रकोट र सत्यवती गाउँपालिका छन् । राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका लागि जिल्ला प्रशासन कार्यालयको मातहतमा ६१ कर्मचारी कार्यरत छन् । हराएको तथा नयाँ नागरिकता प्रमाण पत्र बनाएपछि प्रशासन कार्यालयमै विवरण सङ्कलन गर्ने सुविधासमेत छ । अब करिब एक महिनामा सबै पालिकामा विवरण सङ्कलनको सकिने प्राविधिक कँडेलको भनाइ छ ।
राष्ट्रिय परिचयपत्रले व्यक्तिगत घटना जन्म, मृत्यु, बसाइँसराइ, विवाह, सम्बन्धविच्छेद आदिको दर्ता तथा अभिलेख व्यवस्थापनलगायत पञ्जीकरणसम्बन्धी कार्य गर्न थप सहज हुने बताइएको छ । परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति, बुवा र आमाको नागरिकता र शैक्षिक योग्याताका प्रमाणपत्र पनि सक्कलै लिएर आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
दश अङ्कको नम्बर रहेको परिचयपत्रमा नागरिकका सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाका नाम, आमाका नाम, पति र पत्नीका नाम, हातका सबै औँठाछाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ । यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: