Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

पाएनन् कृषकले तेजपातको मूल्य

उदयपुर । तेजपातका मूल्यमा विचौलियाले गरेको चलखेलका कारण कृषक मारमा पर्दै आएका छन् । प्रदेश नम्बर १ मा सबैभन्दा वढी यस जिल्लामा तेजपात उत्पादन हुनेगर्दछ ।

जिल्लाभित्र र बाहिरका विचौलिया आएर तेजपातको मूल्य निर्धारण गर्दा कृषकले उचित मूल्य नपाएको बताइएको छ । प्रतिकिलो रु २५ देखि रु ४० भन्दा बढीमा बिक्री हुन नसक्दा आफूहरु समस्यामा परेको रौतामाई गाउँपालिका–१ मुर्कुचीका दिव्यराज बुर्जामगरले जानकारी दिए ।

उनी भन्छन्, “दश वर्षदेखि आफूहरुले रु २५ देखि रु ४० प्रतिकिलो बिक्री गरेको तेजपात अहिले पनि विचौलियाको कारण उही मूल्यमा बिक्री गर्न बाध्य हुन परेको छ ।” स्थानीय बजारका विचौलिया गाउँमा प्रवेश गरेर मूल्य निर्धारण गर्ने र सस्तोमा बिक्री गर्न बाध्य बनाउने गरिएको बताइएको छ । उनीहरुले बाहिरका व्यापारीलाई प्रतिकेजी रु ६० देखि रु ७० भन्दा बढीमा तेजपात बिक्री गर्ने गरेको रौतामाई–४ मलबासेका कृषक रत्नबहादुर मगरातीले जानकारी दिए ।

रौतामाई गाउँपालिका नामन्तका राजकुमार मगरले भने, “स्थानीय तहका व्यापारी, ठेकेदारले बाहिरबाट आउने खरीदकर्तालाई छेकेर आउनै दिँदैनन्, अनि पहिला उनीहरुले हामीहरुबाट सस्तोमा खरीद गरेर महँगो मूल्यमा बाहिरका व्यापारीलाई बिक्री गर्दछन्, तेजपात उत्पादन गर्ने हामी कृषक यसरीनै वर्षेनी मारमा पर्दै आएका छौँ, अहिलेसम्म उचित मूल्य पाउन सकिएको छैन ।”

गढी गाउँपालिका–३ का धनबहादुर तामाङका अनुसार स्थानीय विचौलिया ठेकेदारले आफूहरुबाट रु ३० प्रतिकिलो तेजपात खरीद गरेर बाहिरका व्यापारीलाई दोब्बर नाफा लिएर बिक्री गर्ने गरेका छन् ।

स्थानीय तहका जनप्रतिनिधि तथा उद्योग वाणिज्य सङ्घले तेजपातको मूल्य वृद्धिमा उचित चासो नदिँदा बढी ठगिनुपर्ने र मर्कामा पर्नुपर्ने अवस्था रहेको कटारी–७ हर्देनीका कृषक शेषराज खत्रीले बताए ।

रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले किसानलाई तेजपातको उचित मूल्य दिन सहयोग गर्ने जानकारी दिए । जिल्लाको पहाडी क्षेत्रको रौता, उदयपुर गढी, ताप्ली, कटारी र त्रियुगा नगरपालिकाको साउने खाँबु क्षेत्रमा उत्पादन हुने तेजपात विराटनगर, वीरगञ्ज हुँदै भारततिर बिक्री हुने गरेको कृषक बताउँछन् । जिल्लामा दश हजार हेक्टर क्षेत्रफलमा तेजपात खेती हुँदै आएको छ भने वार्षिक छ लाख केजी तेजपातसमेत उत्पादन हुँने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जागेश्वर साहले जानकारी दिए । जिल्लामा वार्षिक रु आठदेखि दश करोडसम्मको तेजपातको बिक्री तथा कारोवार हुँदै आएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE